Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

संक्रमितको प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद औषधिको प्रयोग


दैैलखः : कोरोना भाइरस संक्रमण भएर जिल्लामा उपचार गराइरहेको ब्यक्तिहरुको प्रतिरोधात्म्क क्षमता बृद्धि गर्न आयुर्बेद औषधीहरु प्रयोग गरिरहेको उपचारमा खटिएका चिकित्सकले बताएका छन । स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखाका अनुसार नेपाल सरकारद्वारा जारी आयुर्वेद एवम वैकल्पिक चिकित्साबाट कोभिड–१९ रोकथाम एवम व्यवस्थापन सम्बन्धि निर्देशिका बमोजिम कोरोना संक्रमण भएर आइसोलेसनमा राखिएका ७ जना संक्रमितहरुलाई आयुर्वेद औषधिको प्रयोग गरिएको बताइएको छ। स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखाका आयुर्वेद चिकित्सक डा प्रशन्न नेपालले संक्रमित व्यक्तिको रोग संग लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि अश्वगन्धा,यष्टिमधु,तुलसी चिया,गुडुचि (गुज्रो) लगायतका औषधी प्रयोग गरिएको बताए । उनले यिनीहरुको प्रयोग गर्दा बिरामीहरुको उपचारमा थप प्रभावकारी हुने र बिरामीको आत्मबलमा बलियो हुने बताए । विभिन्न अनुसन्धानहरुले जडिबुटीहरुले शरीरमा भएको संक्रमण विरूद्ध लड्ने कोषिकाहरु बढाउने एंव विषाणुहरुको वृद्धि रोक्ने भएका कारण पनि औषधी प्रयाग गरिएको बताए । त्यसैगरी बिरामीहरुमा देखिएको तनाव व्यवस्थापनको लागी छिट्टै योग सुरु गरिने उनले बताए।