Loading... आजः शनिबार, बैशाख २५, २०७८
Trending

अध्यक्ष सार्वजनिक गरे आफै कोरोना संक्रमण भएको पुष्टि

 

गुल्मी :  धुर्कोट गाँउपालिका गुल्मीका अध्यक्ष भुपाल पोखरेललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । धुर्कोट गाउँपालिका अध्यक्ष पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई कोरोनाको सङ्क्रमण भएको जानकारी गराएका छन । धुर्कोट गाउँपालिकाको छिमेकी गाउँमा समेत कोरोना सङ्क्रमण देखिएपछि धुर्कोट गाउँपालिकाको जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालकको कोरोना चेकजाँच गर्दा आफ्नो कोरोना पोजेटिभ देखिएको र आफू सो समयमा गाउँपालिकाभन्दा बाहिर सदरमुकाम मात्रै गएको र आफ्नो गाउँपालिका निक्कै जोखिम रहेको विज्ञप्तिमा उल्लेख गरेका छन ।
सङ्क्रमण समयमै पहिचान भएकाले अवसरको रुपमा लिएको उहाँले विज्ञप्तिमा उल्लेख गरेका छन । उनले आफू एकान्तवासमा बसेको र आफ्नो सम्पर्कमा रहनु भएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्ने भएकाले क्वारेन्टाइनमा बस्न सबैलाई अनुरोध गरेका छन । उनी संगै धुर्कोट गाउँपालिका वडा नं ४ का अर्का सङ्क्रमित भारतबाट आएर पाञ्चायन माविको क्वारेन्टाइनमा रहेको र उहाँ दीर्घरोगीसमेत रहेको जानकारी विज्ञप्तिमा उल्लेख गरिएको छ । धुर्कोट गाउँपालिकामा कोरोनाको उच्च जोखिम रहेकाले गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रको सेवा अर्को सूचना नआएसम्मको लागि रोकिएको जानकारी दिए ।

error: Content is protected !!