Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

स्वास्थ्य मन्त्री ढकाल पाँच दिनदेखि होम क्‍वारेन्टाइनमा


काठमाडौं  : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल शुक्रबारदेखि होम क्‍वारेन्टाइनमा बसिरहेका छन्। मन्त्री ढकाल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार रहेकी एक बिरामीलाई अस्पतालमै भेट्न गएका थिए । ती बिरामीको स्वाब परीक्षण गर्दा शुक्रबार उनमा कोभिड १९ पोजेटिभ देखिएको थियो। आफूले भेटेका ती बिरामीमा कोभिड १९ पुष्टि भएपछि स्वास्थ्यमन्त्री ढकाल गत विहिबारबाट होम क्वारेन्टाइनमा रहेको उनका प्रमुख स्वकिय सचिव समेत रहेका मन्त्रालयका उपसचिव लीलाराज पौडेलले बताए। मन्त्री ढकाल आफन्त पर्ने ती बिरामीलाई भेट्न उनमा कोरोना पुष्टि हुनु दुईदिनअघि गएका थिए ‘बिरामीलाई भेट्दा पीपीई लगाउनुभएको थियो। तर पनि बिरामीलाई पोजेटिभ देखिएपछि उच्च सतर्कता अपनाउँदै मन्त्रीज्यू होम क्‍वारेन्टानइमा बसिरहनु भएको छ । ुयसअघि उहाँमा गरिएको परीक्षणमा पनि कोरोना नेगेटिभ आएको थियो। यसअघि कोभिड १९ संक्रमण सुरु भएपछि शनिबार पनि मन्त्री ढकाल मन्त्रालय आउने गरेका थिए। ५ दिनदेखि होम क्‍वारेन्टाइनमा बसेका मन्त्री ढकालको स्वाब मंगलबार बिहान स्वाब संकलन गरिएको छ। यसको ल्याब रिपोर्ट पनि आजै आउने बताइएको छ