विभिन्न मुलुकबाट आएका लाई खाना खुवाउँदै लयान्स क्लव
दैलेख : विश्वमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण बिभिन्न मुलूकमा समस्या परेका नेपालीहरु नेपालमा फर्केने क्रममा रोकिएको छैन । भारत लागयत नेपालका बिभिन्न जिल्ला बाट दैलेख फर्केनेहरु अहिले पनि दैनिक रुपमा १ एक भन्दा बढि जिल्लामा भित्रिएका छन । कोरोनाको सन्त्रासका कारण गाउँमा हिड्ने नागरिकले पानी समेत खान नदिएको अबस्थामा जिल्लामा रहेको लयान्स क्लव अफ दैलेखले जिल्लामा भित्रिने नागरिकका लागि खानाको ब्यबस्था गरेको छ ।
एक महिना देखि पैदल यात्री र बटुवालाई खाना खुवाउदै आएको लायन्स क्लब अफ दैलेखले भारत बाट आएका करीब एक हजार जनालाई विहिवार मात्र खाना खुवाएको छ । सेवा नै धर्म हो भन्ने उद्देश्यका साथ गठन गरीएको लायन्स क्लबले यस्तो कारोनाको जोखीममा पनि बाटोमा भोक भोकै यात्रा गरिरहेका नागरिकलाई डुङ्गेश्वर गाउँपालिका वडा नं १ चुप्राको गैरीमा खाना खुवाउदै आएको लायन्स क्लब अफ दैलेखका अध्यक्ष नरेन्द्र केसीले बताए । उनले राति १२ बजे सम्म बसेर पनि खाना खुवाउने गरेको बताए ।
डुङ्गेश्वर गाउँपालिका वडा नं १ को समन्वय र लायन्स क्लबको आयोजनामा खाना खुवाउने कार्यक्रम गरीएको हो ।महामारीको यो जोखीम पुर्ण अबस्थामा पनि यात्रा गरेर समस्या परेका नागरिकलाई खाना खुवाउने गरेको भन्दै आम नागरिकले लायन्स क्लवले राम्रो अभियान संचालन गरेको बताएका छन ।