Loading... आजः मङ्लबार, कार्तिक २, २०७८
Trending

खाद्यान्न सामाग्री हस्तान्तरण

दैलेख :  प्रभु बैक लिमिटेड दैलेख शाखाले नारायण नगरपालिकालाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । विश्वमा फैलिएको कोरोना भाइरस न्युनीकरण लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका नागरिकलाई खाद्यान्न वितरण गर्ने उद्देश्यले उक्त खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो । बैकका शाखा प्रबन्धक उमेश प्याकुरेलले नारायण नगरपालिका दैलेखलाई उक्त सामाग्री हस्तान्तरण गरेका छन । उनले दैनिक ज्यालाबाट जिवन गुजारा गरि खाने तथा अति विपन्न वर्गलाई खाद्य सामाग्रीको अभाव हुन नदिनका आफ्नो बैकको तर्फ बाट सहयोग गरेको बताए । चामल २५ केजीका दरले ६५ बोरा,१ सय ३० केजी दाल,नुन ६५ प्याकेट, क्वारेन्टाइन निर्माणका लागि ५ वटा बेडहरु तयार गरेको छ ।                                                                                             तस्बिर सामाजिक संजाल फेसबुक बाट

error: Content is protected !!