Loading... आजः आइतवार, माघ ४, २०७७
Trending

थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४८ पुग्यो

काठमाडौ  : शनिवार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ बजेर ४० मिनेटमा सार्वजनिक गरेको तथ्यांकअनुसार थप ३२जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ५४८ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा गरिएको परीक्षणका क्रममा थप ३२ जना संक्रमित फेला परेका हुन्‌। स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिकाका आठ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै, सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १३ जना, बाराको करैबामाइ गाउँपालिकाका एक जना, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा आठ जना, चितवनको भरपुर ६ मा एक जना र काठमाडौंमा एकजना नयाँ संक्रमित पहिचान भएको हो।

error: Content is protected !!