Loading... आजः सोमवार, फाल्गुन १७, २०७७
Trending

पुर्ब सांसद शाहा द्धारा स्वास्थ्य उपकरण सहयोग

सुर्खेत : जाजरकोटबाट पूर्व सांसद राजिवविक्रम शाहले एक करोडका स्वास्थ्य उपकरण सहयोग गरेका छन् । कर्णाली प्रदेश सरकारलाई कोरोनाविरुद्धको लडाँइमा सघाउन कर्णाली प्रदेश अस्पतालसहित जिल्ला अस्पताललाई उपकरण सहयोग गरेका हुन् । उनले शुक्रबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा प्रदेश अस्पतालका प्रमुख डा डम्मर खड्कालाई स्वास्थ्य उपकरण हस्तान्तरण गरे । यस्तै कर्णालीका आठ वटा जिल्ला अस्पताललाई समेत उनले तत्काल आवाश्यक पर्ने सामग्री पठाएका छन् । प्रदेश अस्पताल सुर्खेतमा पाँचवटा आइसीयु बेड, इसिजी मेसिन, प्यासेन्ट मनिटरलगायत ८० लाख बराबरको उनले स्वास्थ्य उपकरण सहयोग गरेका हुन् । प्रदेशका अन्य जिल्ला अस्पताललाई करिब तीन लाख बराबरका स्वास्थ्य सामग्री उपलब्ध गराए । उनको सहयोगमा कर्णालीका हुम्ला, मुगु, डोल्पा, कालिकोट, दैलेख, जाजरकोट, सल्यान र रुकुमपश्चिम जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, इसिजी मेसिन, प्यासेन्ट ट्रली, नेपुलाइजरलगायतका स्वास्थ्य सामग्री दिइएको छ । स्वर्गीय प्रभाकर शमशेरकी छोरी माया राणाको सहयोगमा कुमारी ट्रष्टमार्फत कर्णाली प्रदेश अस्पताल र जिल्ला अस्पताललाई स्वास्थ्य उपकरण प्रदान गरिएको ट्रष्टका अध्यक्ष समेत रहेका शाहले बताए । ुहामीले कर्णालीका नागरिकलाई कसरी स्वास्थ्य सेवाको पहुँच दिन सकिन्छ भन्ने सोचेर सहयोग गरेका हौं, उनले भने, कर्णालीमा रोगसँग लड्न निकै चुनौती छ । भौगोलिक विकटता, स्वास्थ्य पूर्वाधार र जनशक्तिको अभावले यहाँ महामारी फैलनसक्ने अवस्था छ ।

यता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पूर्व सांसद तथा सामाजसेवी शाहले प्रदान गरेको स्वास्थ्य सामग्रीले कर्णालीमा कोरोनासँग लड्न थप सहयोग पुगेको बताए । हाल कर्णालीमा भारतबाट दैलेख आएका एक युवामा कोरोना संक्रमण देखिएका छ। भारतबाट आउने नागरिकका कारण जोखिम बढेको उनको भनाइ छ । तथ्यांक अनुसार कर्णालीका ८० हजार नागरिक भारतमा छन् । त्यसमध्ये तत्काल २० हजार नागरिकको प्रदेश सकारले उद्धार गर्ने रणनीति बनाएको छ ।

error: Content is protected !!