Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

मायाको अदालतमा हारेको दिन

दीपा दाहाल दीपहरि

चाहानाका बचेराहरू
आँ….आँ गरेर
मुख बाइरहेका थिए
मायाको चारो खोजेर …।
आज म
कसलाई गुहार मागूँ ?
मायाको अदालतमा
कैदी बनेर उभिएकी छु
हेर्दैछु वरिपरि
फैसलाको पूर्वनिर्धारित
मेरो चिरहरण हेर्न बसेका रमितेहरूलाई……।
× × ×
सबैका जिज्ञाशु आँखाले
खोजिरहेका थिए
न्यायको चेहरा …..।
अनि…
आँखामा पट्टि बाँधेर
तराजु बोकेर उभिइरहेको न्यायमूर्ति…!
××××××
दृष्यान्तर पछि……
सायद मेरो अपराध थियो
उनलाई माया गर्नु
त्यसैले,,
भयो उनकै जीत
किनकि,,
जहाँ थिए
अभियुक्त पनि उनै
न्यायाधीस पनि उनै ।