Loading... आजः शनिबार, माघ ३, २०७७
Trending

संक्रमित युवासँगै आएका ३८ जना जनाको रिर्पोट नेगेटिभ

 


अमृत प्याकुरेल 

दैलेख  : कोरोना संक्रमण पुष्टि भएका दैलेखको आठबीस नगरपालिकाका युवासँगै भारतबाट अन्य ३८ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । कोरोना भाइरसको संक्रमणको हल्ला सुनेपछि भारतबाट फर्किएपछि उनीहरु १४ दिनसम्म महेन्द्रनगरको क्वारेन्टाइनमा बसेर आएका थिए । दुई साता क्वारेन्टाइनमा बसेपछि यही जेठ १ गते कर्णाली आएका हुन् । संक्रमण पुष्टि भएका युवासहित ३९ जना नगरमा भित्रिएको आठबिस नगरपालिका दैलेखका नगर प्रमुख खड्गराज उपाध्यायले बताए । उनले उनीहरुलाई गाउँ पुगेपछि स्थानीय लक्ष्मी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो । स्वास्थ्य सेवा कार्यालय दैलेख बाट डाक्टर सहितको टोली गत जेठ ३ गते टोली गएर सबै जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । तीमध्ये एक जनामा मात्रै कोरोना रिपोर्ट पोजिटिभ देखिएको हो । नगर प्रमुख खड्गराज उपाध्यायका अनुसार यहाँका ६० प्रतिशत नागरिक रोजगारीका लागि मजदुरी गर्न भारत जाने गरेका छन् ।

error: Content is protected !!