Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

एकैदिन थपिए ५३ जना कोरोना संक्रमित

कुल संक्रमितको संख्या ३५७ पुग्यो


काठमाडौँ  : स्वास्थ्य मन्त्रालयले सोमबार एकैदिन नेपालमा ५३ जना नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५७ पुगेको छ। बाँकेमा एकैदिन ४६ जना पुरुष र १ महिलामा संक्रमण देखिएको छ। त्यस्तै पछिल्लो अपडेटअनुसार मोरङमा १, गुल्मीमा १, धनुषामा १, रौतहटमा १, दाङमा १ र धादिङमा १ जना नयाँ संक्रमित थपिएका हुन्। उनीहरु सबै पुरुष हुन्।