Loading... आजः शनिबार, साउन १६, २०७८
Trending

 पीसीआर परीक्षणमा देखियो कोरोना पोजेटिभ

पुन परीक्षणका लागि नमुना नेपालगञ्ज पठाइयो


दैलेख : कर्णालीको प्रदेश अस्पताल कालागाउँमा कोरोना भाइरस संक्रमणको पीसीआर परीक्षण गर्दा एक जनामा ‘पोजेटिभ’ रिपोर्ट आएको छ । हालसालै भारतको आगराबाट आएका दैलेखका एक युवाको पीसीआर परीक्षण गर्दा रिपोर्ट शंकास्पद देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयकी निर्देशक रिता भण्डारी जोशीले बताइन् ।उनले पुन परीक्षणका लागि नुमना नेपालगञ्ज पठाएको बताइन ।‘पीसीआर जाँच गर्दा १ जनामा शंकास्पद रिपोर्ट देखिएको छ । हामी पुन पुष्टिका लागि थप जाँच गर्दैछौं निर्देशक जोशीले भनिन्, ‘साँझ वा भोलि बिहानसम्म पूरै रिपोर्ट आउला ।कोरोना संक्रमणको आशंका गरिएका युवा ४५ दिन भारतको वनवासामा बसेर आएका र उनलाई आठबीस नगरपालिकाले उद्धार गरेर जेठ १ गते आठबीस ल्याएको थियो । स्वास्थ्य कार्याmलय दैलेखका खोप अधिकृत थीर प्रसाद रेग्मीले बजारमा आएको हल्ला साचो भए पनि अहिले नै पुष्टि नभएको बताए । उनले यो भन्दा पहिला पनि दैलेखका दुई जनामा आरडिटि परीक्षण गर्दा पोजेटिभ आएको र पछि पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको बताए

error: Content is protected !!