Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

कोरोना परिक्षणका लागि पत्रकारको स्वाब सङ्कलन (फोटो फिचर)

दैलेख  : प्रदेश न २ मा विभिन्न संचार माध्यमा कार्यरत ४ जना पत्रकारमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अन्य प्रदेशमा रहेका पत्रकारहरूको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन सुरु गरिएको छ । नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिले कर्णाली प्रदेशका विभिन्न जिल्लामा कार्यरत पत्रकारहरूको कोरोना परीक्षणको व्यवस्था गर्न माग गरेपछि कर्णाली प्रदेश सरकारले जिल्लामा क्रियाशील रूपमा काम गरिरहेका पत्रकारको स्वास्थ्य परीक्षण गर्ने निर्णय नै गरेको थियो ।


कर्णाली प्रदेश सरकारले गरेको निर्णय बमोजिम दैलेख जिल्लामा कार्यरत पत्रकारहरूको नजल स्वाब सङ्कलन गरिएको छ । समाचार सङ्कलनको क्रममा फिल्डमा खटिने भएकाले पत्रकारहरूको कोरोना परीक्षण गरिदिन नेपाल पत्रकार महासङ्घ शाखा दैलेखले अनुरोध गरेपछि स्वास्थ्य सेवा कार्यालयबाट कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरेको हो । स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तका अनुसार आइतबार १८ जना पत्रकारको स्वाब सङ्कलन गरिएको छ । सङ्कलित स्वाबहरू कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको कोरोना प्रयोगशाला पठाइने डा. पन्तले बताए । उनले यो पटक १७ जना पत्रकारहरूको स्वाब सङ्कलन गरिएको छ छुटेका पत्रकारहरूको पनि स्वाब सङ्कलन चाँडै गरिने बताए । दैलेखमा हालसम्म झन्डै २०० जनाको स्वाब सङ्कलन गरिएको छ । यो मध्ये धेरैको रिपोर्ट नेगेटिभ आएको र केहीको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय दैलेखका खोप अधिकृत थीर प्रसाद रेग्मीले बताए ।