Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

क्वारेन्टाइनमा मृत्यु भएका युवामा कोरोना संक्रमण पुष्टि

मृतकको संख्या २ पुग्यो

काठमाडौ  :  बाँकेको क्वारेन्टाइनमा मृत्यु भएको व्यक्तिमा कोरोना पोजिटिभ भेटिएसँगै नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले जानकारी दिए । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासी स्वास्थ्यमा असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको थियो ।