Loading... आजः बुधबार, माघ ७, २०७७
Trending

थप नौ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६७ पुग्यो

,


काठमाडौ :  पर्सा, उदयपुर, दाङ र काठमाडौंमा नौजना कोरोना संक्रमित पुष्टि भए संगै नेपालमा कोरोना संक्रमितको सख्या बढेर २६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह(प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार पर्साको वीरगञ्‍जस्थित नौ र १० वर्षीय बालकमा कोरोना पुष्टि भएको छ। त्यसैगरी वीरगञ्‍जकै २३ र ४७ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ। अर्कातिर उदयपुरको त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। अर्कातिर प्रदेश ५ को दाङस्थित गढवा ४,५ र तुलसीपुर ७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुषमा पनि कोरोना भाइरस पुष्टि भएको छ। त्यसैगरी संघीय राजधानी काठमाडौंको सतुङ्गल निवासी सात वर्षीय बालकमा पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना देखिएको छ।

error: Content is protected !!