Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

(कोभिड–१९) र हामीले सिक्नु पर्ने पाठ

रोशन सापकोटा
प्रकृति आफ्नै गतिमा अघि बढिरहेको छ । कोभिड जन्मदा कठ्याङ्ग्रीने चिसो थियो अहिले प्रचण्ड गर्मी छ ।त्यतिखेर बोटबिरुवा शुषुप्त अबस्थामा थिए अहिले पालुवा पलाएर हराभरा भएका छन बताबरण रमाइलो छ पालुवालाइ लक डाउन लगेको छैन ।तिनै चारु पल्लवितलाइ मन्दमन्द स्पर्ष गर्ने हावालाइ लकडाउन छैन।रङ्गिबिरङ्गी फुलेर मनमोहक बनाउने फुललाइ लक डाउन लागेको छैन यतिखेर प्रकृतिले मानव जातिलाइ ब्यग्रताका साथ खोजिरहेको छ।बिवाह मण्डली सिगारियकि दुलही जस्तै पृथ्वीका समग्र मानव जातिलाइ स्वागत गरिरहेको छ।तर यता बिश्वमानव समुदाय घरमै कैद हुन बाध्य छौ ।पर्यावरणिय अबस्थाको सन्तुलनमा रहन नखोज्दा र प्राकृतिक नियमलाइ उलङ्घन गर्न खोज्दा मानव जातिलाइ सकट पर्न गएको त हैन प्रकृतिमाथिको अनियन्त्रित दोहनका साथै प्राकृतिक अनुशासनका परिशिमा र बन्धनहरु तोड्न खोज्दा मानव जिवनमा समस्या परेको त हैन ? प्रश्न उठेको छ ।
पृथ्वीका मानवजातिले ४ वटा समस्यासङ्ग जुधिरहेका छन(महामारी ,आणबिक अस्त्रको त्रास ,धनी र गरिब बिचको भयाबह खाडल् अनि बाताबरणिय जोखिम । यिनै चारवटा जोखिमले मानिसको पटक(पटक सातो र ज्यान लिने गरिरहेका छन ।यतिखेर सात अरब मानवजाती महामरीको एउटा शक्तिशाली फौज कोभिड –१९ सङ्ग लडिरहेको छ । उसको सबै भाइरसहरु अग्र मोर्चामा छन ।मानवजातिको अग्रमोर्चामा चाहिँ सानो संख्या मा स्वास्थ्यकर्मी, नर्स र डाक्टरहरुमात्र रहेका छन ।अरु ठूलो हिस्सा निरिह अबस्थामा आ(आफ्नो घरमा लुकिरहेका छौ । यसले पृथ्वीमा दैनिक ६÷७ हजार हामिहरुलाइ सिद्द्याइरहेको छ।तथापी हाम्रो जित अबश्यम्भाबि त छ । यो युद्धमा न लिट्टल ब्वाय न त फ्याट ब्वाय नाम गरेको नरसम्हारकारी बमको काम छ ,न त इरानको भुमि प्रयोग गरेर इराक माथी मिशायल छोड्न सकिन्छ ,न त थाहै नदियर उत्तर कोरियामा क्षेप्र्यास्त्र हाने जसरी आक्रमण गर्न मिल्छ ,न त बहुराष्ट्रिय सेना प्रयोग गरेर , न त विभिन्न बाहनामा विभिन्न मुलुकमा आफ्नो देशको शैनिक क्याम्प खडा गरेर आक्रमण गर्न सजिलो छ न त ब्यालेश्टिक मिसाइलको काम छ न त कमाण्डो आक्रमण गरेर लादेन लाई सिध्याय जस्तै सिध्याउन सकिन्छ न त धम्किको आधारमा डराउने वाला छ कोभिड १९। यो त फरक प्रकृतिको लडाइ हो जसको सम्पुर्ण कमाण्ड ध्ज्इ ले गरेको छ, कमिसारियट्को भुमिकामा ग्ीइ रहेको छ ।हो यसको शक्तिशाली हतियार त मानबता , सहिष्णुता ,बिश्वबन्धुत्वता समानता र सामुहिक प्रयासमा एन्टिभाइरस को अनुसन्धान हो जसले महाशक्तिको ताज पहिरिएका अमेरिका
बेलायत जर्मन जस्ता शक्तिशाली राष्ट्रको मात्र मिसाइल नबनी इथियोपिया र सुडान जस्ता अति कमजोर राष्ट्रलाई समेत समेट्दै समग्र मानव जातिको साझा मिसाइल बन्न सकोस । जसले समग्र मानवजातिको मुक्तिको निम्ति अनबरत रुपमा लडिरहोस । बिकासको सहि मोडल लियर आत्मनिर्भरमुखी अर्थतन्त्रको नितिलाइ अङ्गाल्दै स्वाधिनताको दिगोबिकास तयगरी अघि बढ्न ठिक बिन्दुमा उभियकोबेला दुष्ट कोभिड –१९ ले मानव बस्तिलाइ युद्ध रणनैतिक कृडास्थल बनाउदै धावा बोलिरहेको छ ।पृथ्वी का कुनाकाप्चामा जहाँ रहेपनि धनी ,गरिब कालो ,गोरो शिक्षित ,अशिक्षित कोही नभनी निरन्तर आक्रमणको निसाना बनाइरहेको छ।सारा मानिस घर–घरमा बन्धक छौ ।उता सारा बिज्ञान लाई नियन्त्रणमा लियर सिङ्गो पृथ्वी भरी मैमत्ता दुश्मन कोभिड–१९ ताण्डव नृर्त्य नाच्दै बितण्डा मच्चाइ रहेको छ। केही मानिस अताल्लिदै चित्कार छोडिरहेका छन भने ठुलो हिस्सामा रहेका मानिसहरु सुनसान आकाशमुनि चुपचापलागि लुकिरहेका छौ ।सिङ्गो मानव समुदायको भबिश्य के हुने र अबस्थाले कुन मोड लिने हो अन्योलमा छ। ऎलेकै अबस्थालाई आकलन र भबिश्यलाइ अनुमान गर्नेहो भनेपनिअबको ३०० बर्षपछि पृथ्वीमा झन्डै ७० अरब मानिस पुग्ने देखिन्छ त्यो समयमा यस्तै लक डाउनको अवस्था आइपरे कसरी सामना गर्ने कल्पना गर्न निकै गार्हो छ। त्यसो त मानबजातिले भोगेको यो न पहिलो बिपत्ति हो न त अन्तिम नै
यो त आगामी दिनहरुमा आउनसक्ने भयानक संकटको पुर्व सुचक पनि हो।
अहिलेको महामारी कुनै भाइरस बिशेष बाट सृजित समस्या मात्र नभयर साम्राज्यवादी भुमण्डलिकरणले पैदागरेको सम्मस्या पनि हो ।यदि भाइरस मात्रै भयको भय चिनमै सिमित हुनेथियो। भाइरस आफै प्लेन चढेर समुन्द्रपार गयको त हैन। मान्छे मार्फत गएको हो। नाफाको निमित्त गरियको हर्कतको कारण पैदा भयको हो ।पुर्णतः प्राकृतिक शक्तिमाथि नियन्त्रणको पर्णिनती पनि हो। धार्मिक जडता , मदरसा ,चर्च ,गुम्बा ,अति हिन्दुबादले र मानिसको ज्यान भन्दा आफ्नो आडम्बरलाइ प्रमुख मान्ने क्रु शासकले कोभिड १९ लाई निकटबाट समर्थन गरिरहेका छन।हरेक बिषयमा नाफा खोज्ने पुजिबादले आफ्ना नागरिकको मृत्युमा समेत नाफा देख्दोरहेछ। मानविय सम्बेदना ,भावना ,मित्रता ,र आफ्नोपनालाइ चटक्कै बिर्सियर नाफाको होडमा दौडिदै मानव जीवन र जगतलाइ बिर्सिदाको पर्णिनती हो यो ।
कोरोनालेआफुसङ्ग लड्न बिश्वबन्धुत्व,भाइचारा मानबता ,सहिष्णुता ,सामुहिकता र सहकार्यता को ब्यालेश्टिक मिसाइल निर्माण गरेर तयार हौ भनेको हो। पृथ्वी सबैको साझा घर हो जसरी अहिले मिलेर घरभित्रै बसेका छौ ,जसरी सम्पुर्ण देशका मानिसहरु मेरो विरुद्धमा एक भएर लडिरहेका छौ त्यसैगरी पृथ्वीका हरेक साधन स्रोत हरुमा सबैको साझा हक हुनु पर्छ भनेको हो । जब मान्छेहरुले मान्छेहरुको सहकार्य छोड्दै गए ,एक ब्यक्तिलाइ अर्को ब्यक्तिबाट अलग गर्ने बिचारधारा र सिद्धान्तको आबिस्कार गरे एकातिर अरबपति मुट्ठीभर र अर्कोतिर सडकपति अरबौ को संख्यामा पृथ्वीमा रहने वातावरण सृजना गर्दै मानव जातिलाइ एकताबद्ध हुन नदिने नीति निर्माण गरि मानिसलाइ वर्गीकरण गरियो त्यही थियो मानव समुदायको लागि सबभन्दा ठूलो अभिशाप अनि बिडम्बना । यसर्थ पृथ्वीमा रहेका हरेक बहुमुल्य साधन स्रोतहरुमा यहाँ रहेका सम्पुर्ण देशमा रहने मानिसहरुको समान हक हुनुपर्छ ,ओपेक समुहमा पाइने पेट्रोलियम पदार्थ ,भारतमा पाइने फलाम अमेरिकामा र अफ्रीकामा पाइने सुन जस्ता विभिन्न देशमा पाइने विभिन्न स्रोत साधन हरुमा सम्पुर्ण मानिसरुको समान हक हुनुपर्छ ।चिनका मानिसको दुखमा अमेरिकाको मन दुख्नु पर्छ ,अमेरिकाका मानिसको दुखमा चिनका मानिसहरुको मन दुख्नुपर्छ ।सहयोग र सहकार्यको सस्कृतिको बिकास हुनुपर्छ।क्युबाका डाक्टरहरु युरोपमा गएर उपचार गरिरहदा अमेरिका र युरोपका डाक्टरहरु कहाँ लुकेर बसेका थिए । छिमेकिको घरमा आगो लाग्दा हासेर बस्दाको पर्णिनति झन भयानक हुदोरहेछ। बिनाशकारी हतियार मा खर्च गर्ने काम वाइयात रहेछ अन्तरिक्षामा सैर गर्न खर्च गर्नु अनि फुटबलमा मात्र खर्च गर्नु बेकार रहेछ ।देशिय अस्तित्व भन्दा सम्पुर्ण मानव जातिको अस्तित्वका लागि खर्च गर्नु हितकर देखिन्छ ।