Loading... आजः शनिबार, माघ ३, २०७७
Trending

जिल्लाभर आठ हजार घरधुरीलाई राहत वितरण गर्दै स्थानीय तह

कोहीले पाए,कोहीले पाएन्न

तस्बिर /भक्तबहादुर शाही

 

दैलेख  : कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण जोखिमलाई नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका नागरिकलाई राहत वितरण गर्न स्थानीय सरकार लागि परेका छन् । जिल्लाका ११ स्थानीय तहले आफ्नो गाउँपालिका तथा नगरपालिकामा रहेका आर्थिक रूपले विपन्न र असहाय र अशक्त परिवारको तथ्याङ्क सङ्कलन गरेर राहत वितरणमा जोड दिएको बताएका छन् । जिल्लाको भगवतिमाई गाउँपालिकामा रहेका १सय ५ घरधुरी लाई दैनिक ज्वालादारीमा लगाएर राहत दिन लागिएको छ भने अन्य ६ जना अति अशक्त परिवारलाई राहत वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले मध्ययम बर्गका नागरिकहरुलाई अव गाउँमा रहेको बाँझो जंग्गामा उत्पादन गर्न लगाउने र त्यसको आधारमा राहत वितरण गर्ने बताए । गुराँस गाउँपालिका दैलेखले गाउँपालिकामा रहेका ११५ घर परिवारलाई खाद्यान्न वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष खेमराज वलीका अनुसार प्रत्येक वडामा सुपथ मूल्यका पसल सञ्चालन गरेर खाद्य वितरण गरेको बताए । आठबिस नगरपालिका दैलेखका नगर प्रमुख खड्गराज उपाध्यायले नगरपालिकाका १२ सय ६ जनालाई राहत वितरण गर्न लागेको बताए । उनले केहीलाई राहत वितरण गरेको र केहीलाई वितरण गर्ने तयारीमा रहेको जानकारी दिए ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका दैलेखले भने स्थानीयलाई राहत वितरण नगरेको जानकारी दिएको छ नगर प्रमुख सूर्यबहादुर शाहीले सरकारले लकडाउन गरेको भर्खर एक महिना भएको छ । अझै लकडाउन लम्ब्याउने स्थिति रहेको भन्दै राहत दिने नागरिकको पहिचान गरिसकेकोले अबको केही दिन पछि राहत वितरण गर्ने तयारीमा नगरपालिका रहेको बताए । ठाँटिकाँध गाउँपालिकाले गाउँपालिका भरिका ७ सय घर परिवारलाई राहत वितरण गर्ने तयारी गरेको छ । गाउँपालिका अध्यक्ष धीर बहादुर शाहीले दुई वडाका ३४२ जनालाई राहत वितरण गरिसकेको बताउँदै बाँकीलाई वितरण गर्ने तयारीमा रहेको बताए । नारायण नगरपालिका दैलेखले हाल सम्म ९ सय ६२ जना स्थानीय नागरिकहरूलाई राहत वितरण गरेको जनाएको छ । नगर प्रमुख रत्नबहादुर खड्काले नगरवासी ९६२ जनालाई बाँडी सकेको र मजदुरीका लागि विभिन्न जिल्ल बाट आएकाहरूको तथ्याङ्क सङ्कलन गरेर राहत वितरण गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । जिल्लाको महाबु गाउँपालिकाले १५८३ सय घर परिवारलाई राहत वितरण गरेको जानकारी दिएको छ । गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृत भक्त बहादुर मल्लले सबै जनालाई पहिलो चरणको. राहत वितरण गरेको र लकडाउनको अवधि थपिएमा थप राहत वितरण गर्नु पर्ने अवस्था आउने बताए । ,दुल्लु नगरपालिकाले २२४ जना लाई राहत वितरण गरेको र अन्यलाई श्रममा आधारित राहत वितरण गर्न जनाएको छ । दुल्लु नगरपालिका दैलेखका नगर प्रमुख घनश्याम भण्डारीले सङ्घीय सरकारले निर्देशन गरे अनुसार समस्यामा परेका र काम गर्न नसक्नेलाई राहत वितरण गरेको र अन्यलाई रोजगारीमा लगाएर राहत वितरण गर्ने बताए । भैरवी गाउँपालिकाले गाउँपालिकाका सात वडाका २८३१ घर परिवारलाई नै राहत वितरण गर्ने तयारी गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष प्रेम बुढाका अनुसार अहिले सम्म ३० घरपरिवारलाई मात्र राहत वितरण गरेको र अन्यलाई राहत वितरण गर्ने तयारीमा गाउँपालिका रहेको बताए । उनले आफ्नो वडाका विपन्न आर्थिक कमजोर भएकाहरूको तथ्याङ्क सङ्कलन गर्न जिम्मा दिँदा उहाँहरूले नै सबै परिवारलाई राहत वितरण गर्ने भनेपछि राहत वितरणको काम अहिले रोकिएको जानकारी दिए । नौमुले गाउँपालिका दैलेखले अहिले सम्म ५० घर परिवारलाई राहत वितरण गरेको जानकारी दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कोइरालाका अनुसार अन्य घर परिवारलाई पनि राहत वितरण गर्नेका लागि जिल्लामा रहेको खाद्य संस्थानमा चामलको माग गरेको जानकारी दिए । जिल्लाको डुगेश्वर गाउँपालिकाले गाउँ पालिकामा रहेका विपन्न परिवारको तथ्यांक संकलन गरेर राहत वितरण गरेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष नगेन्द्र मल्लले एक हजार ३ जनालाई राहत वितरण गरेको जानकारी दिए । स्थानीय सरकारले अहिले सम्म कति लाख बरावरको राहत बाडे त्यो भने उल्लेख गरेका छैनन ।

error: Content is protected !!