मनकारी युवाले पठाए गाउँपालिकालाई स्वास्थ्य सामाग्री
दैलेख : नौमुले गाउँपालिकामा गाउँपालिका र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । नौमुले गाउपालिका वडा न ६ का स्थायी वासिन्दा हाल अमेरिकाको क्यालिफोर्निया बस्ने युवा मानिन्द्र बहादुर चन्दको सहयोगमा खरिद गरिएको स्वास्थ्य सामाग्रीलाई एक कार्यक्रमको आयोजना गरि कर्णाली प्रदेश सभा सांसद अम्मर बहादुर थापा, नेकपाका प्रभावशाली नेता छबि सुबेदी सम्बन्धित गाउँपालिका र वडा कार्यालयमा पुगेर स्वास्थ्य सामाग्री वितरण गरेका छन । नेपालमा पनि कोरोना भाइरस संक्रमणले महामारीकै रुप लिने संकेत देखिएपछि आफ्नो गाउँपालिकाका नागरिकलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री पाच थान थर्मल गन,३०० थान सर्जिकल मास्क ,५०० थान ग्लोब्स ,३००० ट्याब्लेटस सिटामोल,२५ थान एन नाइन्टी फाइव मास्क गरि ५० हजारको औषधी खरिद गरेर वितरण गरिदिन उनले नेता सुबेदिलाई आग्रह गरेका थिए । उनको आग्रह अनुसार नेता सुबेदीले जिल्लामा औषधीको अभावका कारण काठमाडौमा रहेका दैलेखी सेवा समाज अध्यक्ष प्रताप शाही लाई स्वास्थ्य सामाग्री खरिद गरेर जिल्ला पठाईदिन आग्रह गरे अनुसार अध्यक्ष शाहीले स्वास्थ्य सामाग्री खरीद गरि दैलेखसम्म पठाउने व्यवस्था गरेपछि आफुहरुले सदरमुकाम बाट गाउँपालिकामा लिएर वितरण गरिएको बताए ।
स्वास्थ्य सामाग्री वितरणमा कणाली प्रदेश सभाका सदस्य अम्मर बहादुर थापाले यो महामारी बाट बच्नका लागि सरकारले अपनाएका नितिहरुलाई अबलम्बन गर्नु पर्ने बताए । नेकपा नेता सुबेदीले गाउँपालिका नागरिकको स्वास्थ्य समस्या बुझेर अमेरिका बाट स्वास्थ्य सामाग्री खरिद गर्न सहयोग गर्ने समाजसेवी मानबहादुर चन्दलाई धन्यबाद दिदै यो माहामारीमा सबैले आ आफ्नो क्षेत्र बाट सहयोग गर्नु पर्ने बताए । उनले यो बेला स्थानीय सरकारले समेत सबै नागरिकलाई सम्मान ब्यवहार गर्न आग्रह गर्दै राहत वितरण जस्ता कार्यहरुपनि तत्कालन गर्न गाउँपालिका संग आग्रह गरेका छन । समाजसेवी युवा मान बहादुर चन्दले आगामी दिनमा समेत यस्तै सामाजिक सेवालाई निरन्तरता दिने बताए ।