Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

बाझो जमिनमा अनिवार्य खेती गर्नु पर्ने


सुर्खेत :  खाद्य सुरक्षाको जोखिम कम गर्न कर्णाली प्रदेश सरकारले बाँझो जमिन अनिवार्य खेती गर्नेु पर्ने नीति लिएको छ । कर्णाली प्रदेश सरकारले बिहिबारबाट कर्णालीमा बाँझो जमिन राख्न नपाइने नीति कर्णाली प्रदेश सरकारले अबलम्बन गरेको हो । खाद्य असुरक्षा हुने कर्णालीमा कोराना भाइरसका कारणले थप खाद्य असुरक्षा जोखिम बढकाले यो बाँझो जमिनमा खेती कार्यक्रम सुरु गरेको छ । विगतमा प्रदेश सरकार प्रत्येक महिनाको एक गते र १५ गते श्रम दिवसका रुपमा मनाउदै आएकोमा यसलाई अबदेखि कृषिमा केन्द्रित गर्नेछ ।कर्णालीमा सधै खाद्य असुरक्षा हुने गरेको र अहिले लकडाउनका कारणले झन समस्या आउने सक्ने भएकाले कृषि केन्द्रीत कार्यक्रममा जोड दिइएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । यो वर्ष खाद्य असुरक्षा अझ बढ्ने सम्भावना छ । व्यक्ति वा सरकारी र संस्थानको स्वामित्वका बाँझा जमिन खोज्ने काम पनि सँगसँगै सुरु भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन् । स्थानीय तहलाई पनि बाँझो जमिन खोज्न पत्राचार गरेका छौं,उनले भनिन् कर्णालीलाई खाद्य संकटबाट जोगाउन पनि बाँझो जमिन रहन दिँदैनौं ।