Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

राहत पाएपछि असिना पीडीत खुसी

दैलेख : ठाटीकाँध गाउँपालिका १,२ र ६ का असिनापिडित परिवारले राहत पाएका छन् । मंगलबार तीनवटै वडाका ५७ घरधुरीले राहत पाएका हुन् ।वैशाख २७ मा राजधानी दैनिकमा ‘राहतको आशमा स्थानीबासी’ शीर्षकको समाचार प्रकाशित भएपछि असिनापिडित परिवारलाई  स्टोरिज अफ नेपाल बाट असिना पिडित परिवारलाई ७५ हजार २४० रुपैयाँको राहत रकम प्राप्त भएको हो । राजधानी दैनिक दैलेखका संवादाताको समन्वयनमा ठाटीकाँध गाउँपालिका मार्फत असिनापिडित ५७ घरधुरीलाईलाई वितरण गरिएको हो ।

गाउँपालिकाका १ २ र ६ वडाका ५७ घरधुरीलाई १५ किलो चामल,२ किलो दाल,१ लिटर तेल,१ पोका नुन,२ वटा सावुन वितरण गरिएको हो । तीनवटै वडाका विपन्न,एकल महिला,दलित,अपांङ्ग परिवारलाई राहत दिइएको हो । । स्टोरिज अफ नेपालले विगतदेखी सिन्धुली काठमाण्डौ, दोलखा,भक्तपुर मुगु जिल्लामा यस्तै सहयोग गरेको थियो । स्टोरिज अफ नेपालले वितरण गरेको राहतसँगै गाउँपालिकाले पनि १५ किलो चामल,३ किलो दाल र १ पोका नुन,त्यसै राहतमा थप गरेर ३० किलो चामल,५ किलो दालर २ पोका नुन पाएको गाउँपालिकाका अध्यक्ष धीर बहादुर शाहीले बताए । गत चैत महिनामा  परेको असिनापानी तीनवटा वडाका २ हजार ७ सय घरधुरी गहुँबाली नष्ट भएको थियो । प्रदेश सरकारले दिएको ४० लाख रकम वितरण भईसकेको छ । ‘गाउँपालिकाले आर्थिक बर्ष २०७६÷०७७ विनियोजन गरेको १ करोड २३ लाख ४ सय १२ रुपैयाँ मध्ये वडानं १ को जनताले खातामा जम्मा भईसकेको छ गाउँपालिकाले जनाएको छ । साभार राजधानी