भारतको दादागिरी तोड्न प्रधानमन्त्रीलाई आग्रह
काठमाडौ : प्रधानमन्त्री केपि शर्माओलीले बालुवाटारमा आयोजना गरेको सर्वदलीय बैठक भारतले नेपाली भूमिमा सडक निर्माण गरेको निचोड निकालेको छ। बुधबार साँझ बालुवाटारमा बसेको सर्वदलीय बैठकले लिपुलेकक्षेत्रमा भारतले नेपाली भूमिमा सडक निर्माण गरेको ठहरसहित त्यहाँबाट उसलाई फिर्ता पठाउन सरकारले सबै किसिमका पहल गर्नुपर्ने ठहर गरेको छ। बैठकपछि बाहिरिँदै नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लिम्पियाधुरास्थित काली नदीको मूहानयताको भूभाग नेपालकै भएको निचोडसहित बैठकले सरकारलाई दह्रोसँग खुट्टा टेक्न आग्रह गरेको बताए । बैठकपछि बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले आफ्नो भूमि कुनै हालतमा नछाड्ने अडान बैठकमा राख्नु भएको बताए। ुभारतले अहिलेसम्म वार्ता चाहेको छैन। अब भारतले वार्ता गर्नैपर्छ। यो नै दुवै देशको हितमा छ ।बैठकमा प्रधानमन्त्री ओलीले भने, पुर्खाले लडेर बचाएको नेपाललाई अब अडेर बचाउनुपर्छ। पुर्खाले बचाएको उपलब्धि जोगाउन सरकार दृढ छ । प्रधानमन्त्री ओलीले भारतसँग असल मित्रता चाहेको बताउँदै नेपाली भूमि मिचिएको बहानामा सम्बन्ध बिगार्न नहुनेमा जोड दिएका थिए। हामी भारतसँग असल मित्रता चहान्छौं। नेपालको राष्ट्रिय रक्षा सर्वोपरी हुन्छ उनले भने,वार्ता नै एक मात्र प्रभावकारी माध्यम हो। सरकारवार्ता चाहन्छ। त्यसका लागि अब भारत तयार हुनुपर्छ, कोरोनालाई देखाएर पन्छिन पाउँदैन।