Loading... आजः शनिबार, माघ १०, २०७७
Trending

खोलामा खस्यो एम्बुलेन्स, ६ जना घाइते


बाँके : बाँकेमा सुत्केरी बोकेको एम्बुलेन्स खोलामा खसेको छ । मेडिकल कलेज कोहलपुरबाट चार दिने सुत्केरी बोकेर पूर्वतिर गइरहेको भे १ च ३१७१ नम्बरको एम्बुलेन्स कोहलपुर–१२ स्थित रोहिणी खोलामा खसेको हो । एम्बुलेन्स सडकदेखि झण्डै सय मिटर तल खोलामा खसेको छ । एम्बुलेन्समा चार दिने सुत्केरी प्रमिला परियार, चार दिने छोरी, उनका श्रीमान, ससुरा, एम्बुलेन्स चालक र साहु गरी ६ जना सवार रहेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए । दुर्घटनामा परेका सबै जना घाइते भएका छन् । उनीहरु सबैको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

error: Content is protected !!