महाराष्ट्रमा कोभिड–१९ बाट सङ्क्रमित प्रहरीको सङ्ख्या एक हजारभन्दा बढी
एजेन्सी : भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा कोभिड–१९ बाट सङ्क्रमित प्रहरीको सङ्ख्या एक हजारभन्दा बढी पुगेको महाराष्ट्रको प्रहरीले जानकारी गराएको छ। वैशाख ३० गते मङ्गलबार आएको रिपोर्टमा थप २२१ प्रहरी सङ्क्रमित भएका भेटिएको छ। वैशाख ३० गते मङ्गलबार सम्ममा एक हजार सात प्रहरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने सातको मृत्यु भएको छ। सङ्क्रमित प्रहरीमध्ये ११३ जना निको भएर घर फर्किएका छन्। संङ्क्रमणपछि चिकित्सकको निगरानीमा उपचार सेवा लिइरहेका ८८७ मध्ये ९१ जना प्रहरी अधिकृत रहेका छन् भने ७९६ जना प्रहरी जवान रहेका छन्। मङ्गलबारसम्ममा भारतभर ७१ हजार ४४१ व्यक्ति सङ्क्रमित रहेकोमा सबैभन्दा बढी महाराष्ट्रमा २३ हजार ४०१ व्यक्ति सङ्क्रमित रहेका छन् भने यीमध्ये दुई हजार ३१० व्यक्तिको सङ्क्रमणपछि मृत्यु भएको छ।