Loading... आजः सोमवार, मंसिर १७, २०८१
Trending

जनचेतना सँगै राहत वितरणमा केन्द्रित राजनैतिक दल

दैलेख : कोरोना भाइरसका कारण मुलुक आक्रान्त भएका बेला राजनैतिकदलहरुले कोरोनाको महामारीका विरुद्धमा एकताबद्ध भएर विभिन्न अभियान सञ्चालनमा केन्द्रित भएका बेला दैलेख जिल्लमा क्रियाशील रहेका राजनैतिकदलहरु पनि त्यस तर्फ केन्द्रित भएका छन् । जिल्लामा क्रियाशील भएका नेपाल कम्युनिस्ट पार्टी, नेपाली काँग्रेस,राप्रपा,र मजदुर किसान पार्टीले जिल्लामा रहेको आफ्ना पार्टी कमिटीलाई कोरोना भाइरस सङ्क्रमण र त्यसले निम्त्याउने खतराका बारेमा स्थानीय तहमा जनचेतना जगाउन लागि परेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टी केन्द्रको निर्देशन सँगै जिल्ला कमिटीले कोरोना भाइरस सङ्क्रमण बाट बच्ने उपायका बारेमा पर्चा सामग्री निर्माण गरी जिल्लाका ११ स्थानीय तहका ९० वटै वडामा उक्त सामाग्री पु¥याएको जानकारी दिएको छ । नेकपा जिल्ला कमिटी दैलेखका पार्टी सचिव प्रेम कटुवालले पहिलो चरणमा स्थानीय नागरिकलाई जनचेतना जगाउन जिल्ला,पालिका, र नगरपालिमा पाँच सदस्य कमिटी निर्माण गरेर जनचेतना अभियान सञ्चालन गरेको बताए । उनले स्थानीय सरकारले लकडाउनका कारण समस्यामा परेका नागरिकहरुका लागि राहत सामाग्री वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएको बताए । अहिले सम्म पार्टीले राहत सङ्कलन गरेर वितरण नगरेको जानकारी दिए । नेपाली काँग्रेसका पार्टी सभापति कृष्ण कुमार बिसीले बन्दा बन्दीका कारण कुनै पनि अभियान सञ्चालन नगरे पनि सामाजिक सञ्जाल मार्फत स्थानीय तहमा भएका पार्टी कमिटीलाई जनचेतना जगाउने अभियानमा लाग्न निर्देशन दिएको बताए । उनले दैलेखको निर्वाचन क्षेत्र न २ मा पार्टीका युवा नेता दिक्पाल शाही र वासुदेव शर्माको सहयोगमा राहत सङ्कलन गरी स्थानीय सरकारलाई बिवतरण गरेको जानकारी दिए ।

अन्य स्थानीय तहमा भने पार्टीका भातृ शुभेच्छुक संस्थामा आबद्ध भएका साथीहरूले पैसा सङ्कलन गरी स्थानीय सरकारले कोरोना महामारी नियन्त्रणका लागि बनाइएको बिपद कोषमा रकम जम्मा गर्ने काम भइरहेको बताए । कोरोना भाइरस सक्रमणका कारण बन्दाबन्दी हुदा समस्यामा परेका भारत लगायत तेस्रो मुलूकमा रहेका नेपालीलाई तत्काल नेपाल फर्काउने तर्फ ध्यान दिन स्थानीय,प्रदेश,र संघिय सरकार संग माग समेत गरेका छन । । जिल्लामा अन्य रहेका राप्रापा,नेपाल मजदुर किसान पार्टी लगायतले पनि स्थानीय तहमा रहेका आफ्ना पार्टी कमिटिहरुलाई कोरोनमा भाइरस सम्बन्धी स्थानीय स्तरमा जनचेतना जगाउँने काम गरेको बताएका छन । तस्बिर अर्जुन शाहीको फेसबुक बाट