Loading... आजः बिहिबार, बैशाख २३, २०७८
Trending

भोकमरीको चिन्तामा किसान

दार्चुला  : असिनापानीले किसानको अन्नबाली सखाप पारेको छ । असिनापानीले पाक्नै लागेको र पाकिसकेको गहुँ, जौ, तरकारी फलफूललगायत हिउँदेबाली सखाप पारेको हो । पाक्ने बेला गहुँ नै असिनाले सखाप पारेपछि किसान चिन्तित भएका छन् । डेढ हप्तादेखि दार्चुलामा असिनापानी परिरहेको छ । अहिलेको असिनापानीले अन्नबाली पूरै सखाप परेको नौगाड गाउँपालिका–३ का धनसिंह सितोलीले बताए । उनले एकातिर लकडाउनले खाद्यान्न समस्या भइरहेका बेला असिनापानीले क्षति पु¥यायो, लगाएको बाली सबै नोक्सान पुगेपछि भोकमरी हुने अवस्था आउने बताए ।

error: Content is protected !!