Loading... आजः आइतवार, अशोज १०, २०७८
Trending

मनकारी युवाले पठाए जापान बाट ६५ घर परिवारलाई राहत

मेरो कर्णाली
दैलेख बैशाख २३ गते ।

कोरोना भाइरस (कोभिड –१९) संक्रमण हुन नदिन सरकारले गरेको लकडाउनका कारण दैनिक ज्याला गरी खाने नागरिकहरु मर्कामा परेको बेला अध्ययनको शिलशिलामा जापानमा रहेका दैलेखको आठबिस नगरपालिका वडा नः ८ निवासी बीरेन्द्र शाहीले आफ्नो जन्मभुमीका गरिव बिपन्न नागरिकहरुका लागि राहात सामाग्री पठाएका छन ।

जापानलाई कर्मभुमी बनाएर बनाएका नेपाली युवाहरुको सहयोगमा संकलन भएको रु ३ लाख बरावरको खाद्यान्न सामाग्री खरिद गरेर वितरण गरेको बताइएको छ । नेकपा नेता तथा बीरेन्द्र शाहीका अंकल नाता पर्ने हर्क बहादुर शाहीले समाजिक संचालन फेसबुक मार्फत जापान ,टोकियोमा रहेका बीरेन्द्र शाहीले सहयोगमा आठबिस नगरपालिका वडा नः ८ का ६५ घर परिवारलाई ,वडा अध्यक्ष मुक्ति प्रसाद उपाध्याय अन्य जनप्रतिनिधि तथा बिभिन्न राजनीति दलका प्रतिनिधि हरुको रोहबरमा प्रति परिवार १बोरा चामल ,१के जि दाल र १के जि नुन बितरण गरेको तस्बिर सहितको स्टाटस पोष्ट गरेका छन ।

सामाजिक संजालमा बीरेन्द्र शाहीलाई सम्पर्क गर्दा उनले आफ्नो जन्मभुमिका नागरिकका लागि सानो भएपनि सहयोग गर्न पाएकोमो खुसी ब्यक्त गरेका छन ।

error: Content is protected !!