Loading... आजः सोमवार, अशोज २१, २०८१
Trending

उद्योग वाणिज्य सङ्घका अध्यक्षले वितरण गरे ४ लाख बराबरको स्वास्थ्य सामाग्री (फोटो फिचर )

मेरो कर्णाली
दैलेख,बैशाख २१ गते ।


दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुल बहादुर विकले दैलेखका विभिन्न स्थानका नागरिकहरूका लागि ४ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरेका छन् । सुरुमा दैलेख उद्योग बाािण्ज्य सङ्घको तर्फ बाट विभिन्न स्थानमा स्वास्थ्य सामाग्री वितरण गर्ने लक्ष्य बनाएका अध्यक्ष विकले समितिका पदाधिकारी बिच सहमति नभए पछि व्यक्तिगत लगानीमा ४ लाख बराबरको सामाग्री हस्तान्तरण गरेको जानकारी दिएका छन् । उनले व्यक्तिगत लगानीमा दैलेखका पुरानो बजार,नयाँ बजार ,गणेश चोक,काडाँचौर,भैसेखोर जिल्ला कारागार जिल्ला प्रहरी,लगायतका विभिन्न निकायमा गरी १७ स्थानमा ४ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरेको मेरो कर्णाली लाई जानकारी दिए । उनले हाल सम्म ४ हजार मास्क ४ हजार ३ सय ३० थान साबुन, सेनिटाइजर ७ सय २० थान वितरण गरेको जानकारी दिए । आज मात्र गणेश चोकमा रहेको गणेश चोक टोल सुधार समितिलाई स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।
अध्यक्ष विकले राज्यले गरेका कामको निरन्तर खवरदारी गर्ने, राज्यले गरेको काममा निजी क्षेत्रको तर्फ बाट काँध थाप्ने हो यति बेला आलोचना गरेर हुदैन र राज्य पुग्न नसकेको स्थानमा आफूहरूले सहयोग गर्नु पर्ने दायित्व भएका कारण आफूले स्वास्थ्य सामाग्री वितरण गरेको बताए । उनले भने कुलबहादुर विक अर्को पटक उद्योग वाणिज्य सङ्घको उम्मेदवार हुनलाई स्वास्थ्य सामाग्री वितरण गरेको भन्न हल्ला सुनेको छु त्यसमा कुनै सत्यता छैन आफू खुसी आफ्नो सानो सहयोग बाट नागरिकको स्वास्थ्य राम्रो रहोस् भन्ने उद्देश्य मात्र रहेको बताए ।
अध्यक्ष विकले प्रदान गरेको स्वास्थ्य सामाग्री गणेश चोक टोल सुधार समितिको तर्फ बाट बुझ्दै वडा अध्यक्ष प्रकाश न्यौपाने यो विषम परिस्थितिमा सबैले सहयोग गर्नु पर्ने र सबैले सरकारले गरेको लकडाउनको पालना गर्नु पर्ने बताए । सामाग्री हस्तान्तरण कार्यक्रममा नेकपा नेता टेक बहादुर खाँण,नेपाली काँग्रेसका नेतृ कमला चन्द उद्योग बाािण्ज्य सङ्घका पूर्व अध्यक्ष गणेश श्रेष्ठ, प्रकाश गहतराज,नेपाल बिद्यार्थी संघका नेता मौसम थापा लगायतको उपस्थिती रहेको थियो ।