Loading... आजः शुक्रबार, माघ ९, २०७७
Trending

नेकपामा व्यक्तित्व टकराव

गोपाल खनाल

चिनियाँ नेता ल्यू शाओचिले लेखेको ‘असल कम्युनिष्ट कसरी बन्ने रु’ पुस्तकमा चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी० मा किन चिनियाँ नागरिक आकर्षित भए भन्ने ‘फ्याल्सब्याक’ पनि छ । साम्यवाद, सर्वहारावर्गको शासन जस्ता शब्दावली बुझेरमात्र उनीहरू पार्टीमा आकर्षित भएका थिएनन् । एउटा विश्वास थियो–कम्युनिष्ट पार्टीले चीन बचाउँछ ।’ शायद उनीहरूले जापानविरुद्ध चीनको लडाइँ अनि क्रान्तिकारीहरूको व्यवहार देखेका थिए र कम्युनिष्ट नेतृत्वप्रति विश्वास जाग्यो । माओ, देङ स्याओपिङदेखि वर्तमान राष्ट्रपति सी चिनफिङप्रतिको निरन्तरको विश्वास त्यसैको प्रमाण हो । पश्चिमाले ढाल्न प्रयोग गरेका पूर्वाग्रही सूचनाका निरन्तर प्रवाहले बेइजिङ विभाजित भएन । सिञ्जियाङ, ताइवान, तिब्बत र हङकङबाट छेड्न खोजेको युद्ध पनि सफल भएको छैन ।

‘सीपीसीले चीन बचाउँछ’ भन्ने बुझाइ र विश्वासले चीन महाशक्तिउन्मुख छ । महाशक्ति अमेरिका कोरोना युद्धमा तुलनात्मक कमजोर देखिँदा चीन भने महामारीविरुद्धको वैश्विक युद्धको नेतृत्व गरिरहेको छ । नेपाल कोरोनाविरुद्धको युद्धमा सफल देखिएको स्रोतले होइन, पूर्वतयारी र घरेलु एकीकृत शक्तिले हो । सरकारको प्रभावकारी तयारीको विश्वले प्रशंसा गर्दा सत्तारुढ पार्टीकै केही नेता भने प्रशंसा गर्न चाहनुहुन्न किनकि त्यसोगर्दा प्रधानमन्त्रीको पक्षमा बोलेको ठहर्छ, जो अहिले गर्नुहुन्न भन्ने उहाँहरू ठान्नुहुन्छ ।

सत्तारुढ नेकपा इतिहासकै सबैभन्दा अनुकूल समयको सबैभन्दा प्रतिकूल आन्तरिक विवादमा फस्दैछ । एकजना अध्यक्ष केपी शर्मा ओलीले सरकारको, अर्का अध्यक्ष प्रचण्डले पार्टीको र प्रधानमन्त्री भइसकेका माधव नेपाल र झलनाथ खनाल बरिष्ठ नेता महत्वपूर्ण विभागको नेतृत्वमा हुनुहुन्छ । पार्टीप्रमुख र प्रधानमन्त्री दुवैको अनुभव भएका शीर्ष चारनेता सिद्धान्त र विचारका होइन, व्यक्तित्वको टकरावका वास्तविक पात्र बन्नुभएको छ । पार्टीलाई थप एकताबद्ध र सरकारलाई थप प्रभावकारी बनाउन होइन, कम्युनिष्ट पार्टी र सरकारप्रति बितृष्णा सिर्जना गर्ने प्रतिस्पर्धामा हुनुहुन्छ । यो अस्वस्थ प्रतिस्पर्धामा अन्ततः सबैले हार्नेमात्र हो, जित्ने बाहिरै छन् । आफू अकाट्य हुने, फेरिनै नपर्ने तर अरू अझ कार्यकर्तामात्र फेरिनुपर्ने जनवादी केन्द्रीयताले नेतृत्व भुत्ते बन्दैछ ।
प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्रीको राजीनामा मागेको छैन तर नेकपा एक अध्यक्षले अर्का अध्यक्ष र सरकारको राजीनामा मागिरहनुभएको छ । राजीनामा माग्ने पङ्क्तिमा वरिष्ठ नेता नेपाल र खनाल पनि हुनुहुन्छ । जबकि यी तीनै नेता त्यही राजीनामा प्रकरणका उपलब्धिवश प्रधानमन्त्री बन्नुभएको इतिहास छ । काँगे्रस सभापति गिरिजाप्रसाद कोइरालाले नेपाललाई संसद् प्रवेश गराएर प्रधानमन्त्री बनाउनुभयो भने प्रचण्डले नेपाललाई राजीनामा गर्न बाध्य पारेर खनाललाई प्रधानमन्त्री बनाउनुभयो । खनाल पार्टी अध्यक्ष हुँदा निर्वाचनमा पराजित नेपाल प्रधानमन्त्री बन्नुभयो । गलत अभ्यासबाट सिक्ने हो, दोहोर्याउने होइन ।
झण्डै दुईतिहाइको नेकपा सरकारलाई नेकपा नेतृत्व नै प्रतिस्थापन गर्न किन तयार भइरहेको छ भन्ने मूल प्रश्न नेकपाको मात्रै होइन, राष्ट्रकै प्रश्न हो । आठ लाख सङ्गठित सदस्यको मात्र होइन, तीन करोड नागरिकको चिन्ताको विषय हो । किनभने राजनीतिक दलले राज्य सञ्चालन गर्छन्, ती कमजोर हुँदा राज्य कमजोर हुन्छ । २०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको बहुमतको सरकार उसैले उखेल्दा काँग्रेसप्रति नागरिक विश्वास कमजोर हुँदैगयो, २०५६ मा त्यही दोहोरियो । शेरबहादुर देउवा बारम्बार प्रधानमन्त्री बन्नुभयो तर काँग्रेसको पक्षमा जनविश्वास पुनःस्थापित गर्न सक्नुभएन । कम्युनिष्टको विकल्प काँग्रेस हुनुपर्ने तर देखिएको छैन । तुलनात्मक वैचारिक नेता रामचन्द्र पौडेल पार्टी र संसदीय दुवै मोर्चामा असफल जस्तै देखिनुभयो ।
पूर्वएमाले र पूर्वएमाओवादीको नेकपा शक्तिले निर्वाचनमा बहुमत पायो । नागरिकलाई विश्वास भयो नेकपाले देश बचाउँछ किनकि त्यहाँ नाकाबन्दीविरुद्ध लड्नुभएका ओली हुनुहुन्थ्यो । विश्वमा कम्युनिष्ट रक्षात्मक अवस्थामा पुग्दा नेपालमा सत्तामा पुग्यो । भारतको पश्चिम बङ्गालमा कम्युनिष्ट सत्ता कसरी ढल्यो र अस्तित्वको सङ्घर्षमा छ भन्ने शीर्षनेतालाई थाहा छ । किनकि सीपीएम र सीपीआईसँग रातदिन उठबस गरेको नेतृत्व नेकपामा छतर शक्तिशाली सरकार बनेको साढे दुई वर्षमै नेकपामाथि नेकपाबाटै प्रश्न उठ्दा सकारात्मक सङ्केत गरेको छैन । जब नेतृत्वबाटै नेतृत्वमाथि प्रश्न उठ्छ, कार्यकर्ताले के गर्ने रु नेतृत्वले सरकारमाथि शङ्का गरेपछि नागरिक कसरी आश्वस्त हुन्छन् रु बहुमत राजनीतिक विश्लेषकको निष्कर्ष छ– ‘नेकपा सरकार नेकपाले नै ढाल्छ । नेकपा नेकपाकै कारण समाप्त हुन्छ ।’ यो बहसको विषय हो तर व्यक्तिविरुद्धका अतिवादी र अभद्र टिप्पणीले त्यस्तो अप्रिय अवस्था अस्वीकार गर्दैन ।
विचार, सिद्धान्त, नीति, कार्यक्रमलाई लिएर घरभित्र सत्तागठन र विघटनका मुद्दा उठेका भए स्वाभाविक मान्न सकिन्थ्यो तर विडम्बना १विवाद र द्वन्द्वको केन्द्रमा व्यक्तित्वका टकराव र व्यक्तिगत स्वार्थ छन् । मर्यादाक्रमका आक्रोशदेखि भागबण्डाका असन्तुष्टिसम्म सङ्ग्रहित भएका छन् । सत्ताले बेलाबेला बलजफ्ती सत्ताभ्यास गर्ने र सत्ताबाहिरकाले प्रधानमन्त्री र संसदीय व्यवस्थाको अभ्यासलाई नबुझी विरोधमात्र गरिरहने अवस्थाले नजानिँदो असमझदारी र असुरक्षाको खाडल निर्माण गर्यो । संवादको मात्र निरन्तरता हुँदा विवादले हुर्कने अवसर पाउने थिएन ।
बर्लिनको पर्खाल ढल्दा र सोभियत सङ्घ विघटन हुँदा इतिहासको अन्त्य भन्ने विद्वान्हरूलाई विश्वमा पुनःस्थापित हुँदै गएका समाजवादी सत्ताले गलत सावित गर्दै थियो । त्यतिमात्र होइन, विश्व सभ्यताहरूको सङ्घर्ष र पहिचानको राजनीतिले अब विश्वलाई नेतृत्व गर्नेछ भन्ने विद्वान्लाई पनि राष्ट्रवादी राजनीतिले असफल बनाउँदै थियो । यी दुवै राजनीतिक प्रक्षेपण नेपालको हकमा पूर्णतः असफल भए । २०६४ को संविधानसभा निर्वाचनपछिको राजनीतिमा ती प्रबल हुन खोजेका थिए तर ती नियन्त्रण भए । त्यहाँबाट हुत्तिनुभएका डा। बाबुराम भट्टराई बर्सेनि पार्टी फेर्नुहुन्छ, पहिचानको राजनीति गर्नुहुन्छ, बाहुनप्रतिको उहाँको दृष्टिकोण भर्खर विकृत रूपमा बाहिर आयो । लाग्छ, उहाँ नेपाल एकीकृत भएको हेर्न सक्नुहुन्न, विभाजन गर्न उद्यत हुनुहुन्छ ।
त्यसैले प्रश्न ओली सरकारको विस्थापनको होइन, विकास र समृद्धिको हो । नेपालले राजनीतिक स्थायित्वको आरम्भ गर्यो भनेर नेकपाका सबै शीर्षनेताले दर्जनौँपटक सार्वजनिक मन्तव्य दिनुभएको छ । अब नौमहिने सरकार होइन, पाँचवर्षे सरकार दिन्छौँ भनेर शपथ खानुभएको छ । हैसियत अनुसार समानताका आधारमा आलोपालो सरकारको नेतृत्व गर्ने प्रारम्भिक ऐतिहासिक सहमतिलाई समेत पछि धकेलेर पूर्ण कार्यकाल ओली सरकार रहने सहमति भएको छ । सरकारको कार्यसम्पादन पनि विरोधमात्र गर्नुपर्ने तहको छैन । मन्त्रीहरू नेकपाभित्रैबाट छान्ने हो, तुलनात्मक ठिकै मन्त्रीहरू हुनुहुन्छ । जसको कार्यसम्पादन सन्तोषजनक छैन, तिनलाई नयाँद्वारा प्रतिस्थापन गर्न सकिन्छ, यसअघि पनि गरिएको थियो । कोही पनि सत्ता र सरकारमा सधैँका लागि रहँदैन ।
त्यसैले नेकपा नेतत्वले अहिले नेकपाप्रतिको जनविश्वासलाई स्थापित गर्ने समय हो । एकछिनका लागि ओली सरकारको विकल्पमा अर्को सरकार आउला, ठिकै छ तर उक्त सरकारले नयाँ के दिन्छ रु ओली सरकारले भन्दा फरक के गर्न सक्छ रु नेकपाप्रति विश्वास स्थापित गर्ने के छन् त्यस्ता नयाँ सोच रु यी सबै प्रश्न अनुत्तरित छन् । अनुत्तरित प्रश्नहरूको पहाड कसरी नयाँ प्रधानमन्त्रीले छिचोल्न सक्नुहुन्छ रु प्रधानमन्त्री ओलीले पार्टीको सल्लाह र सुझावमा सरकार चलाउनुभयो वा भएन, भित्र बहस गर्दा हुन्छ तर प्रधानमन्त्रीको चर्चामा रहनुभएका र पहिले नै प्रधानमन्त्री भइसकेकाहरू ओलीभन्दा सक्षम र योग्य हुनुहुन्छ रु कार्यकर्ता र नागरिकलाई सोधौँ । ओलीको सबैभन्दा ठूलो पुँजी भनेको उच्च नैतिक बल र आत्मविश्वास हो । त्यो उहाँको ज्ञानबाट प्राप्त भएको हो । घरभित्रका शक्तिहरूलाई कम महत्व दिनुभयो होला तर बाहिरका शक्तिसँग समानान्तर हैसियतमा आफूलाई प्रस्तुत पनि गर्नुभयो । यो ओलीको शक्ति हो ।
यो इतिहास बनाउने बेला हो, इतिहासलाई लज्जित गर्ने बेला होइन । त्यो फुटेर सम्भव छैन, जुटेरमात्र छ । अहिले एकजना प्रधानमन्त्री हटाएर अर्को जना आउँदा आन्तरिक द्वन्द्व चर्कन्छ भने त्यसले विभाजनतर्फको यात्राउन्मुख गराउन सक्छ । अर्थात् अस्थिरताको अन्त्यहीन शृङ्खला सुरु हुनसक्छ । जब नेकपाले देश बचाउँदैन, नागरिकको सुरक्षा गर्न सक्दैन, स्वतन्त्र र सार्वभौम नेपालको रक्षा गर्न सक्दैन भने किन कोही यो पार्टीमा रहन्छ रु किन विकल्प खोज्दैन रु त्यसतर्फ नेतृत्वले सोच्नुपर्छ । सीपीसीले बनाएको बलियो जग त्यही जनविश्वास हो । समस्या त्यहाँ पनि छन् । लाखौँ पार्टी कार्यकर्ता, सेना भ्रष्टाचार आशङ्कामा छानबिनमा छन् । गरिब र धनीबीच खाडल ठूलै छ तर त्यसको समाधानका लागि सी नेतृत्वको पार्टी निरन्तर लागेको छ ।
दर्शनशास्त्रमा प्रयोग हुने शब्द छ– औचित्यवाद । उचित र अनुचित केलाउने नीतिशास्त्रीय मान्यतालाई नेकपा शीर्ष नेतृत्वले बेलैमा बुझे कम्युनिष्ट सरकारप्रति जनविश्वास स्थापित हुनसक्छ ।
लेखक गोरखापत्र संस्थानका सम्पादक सल्लाहकार हुनुहुन्छ । सभार गोरखापत्र

error: Content is protected !!