पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछानेलाई सफाई
काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछानेले सफाइ पाएका छन्।
जिल्ला अदालत चितवनले पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई सफाइ दिएकाे हो।
उक्त मुद्दामा पत्रकारद्वय लामिछाने र कँडेल क्रमशः पाँच लाख र तीन लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए भने अस्मिता कार्की साधारण तारेखमा रिहा भएकी थिइन्।