Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

सरकारले संबैधानिक आयोगमा बहुमतको तरबार झुन्ड्याएको छ: कांग्रेस सहमहामन्त्री महत

काठमाडौं । स्याङ्जा माघ४ नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डा.प्रकाशशरण महतले सरकारले संबैधानिक आयोगमा बहुमतको तरबार झुन्ड्याएको आरोप लगाएका छन।

उनले सरकारले संबैधानिक आयोगलाई आफ्नो अनुकुलमा चलाएको समेत जिकिर गरे। स्याङ्जामा आज मुस्लिम संघ स्याङ्जाको अधिबेशनलाई उद्घाटन गर्दै डा.महतले नेकपाको सरकार बनेदेखी जनताले दुख पाएको पनि बताए। सरकारले सत्ताको आडमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुन्ठित पार्न खोजेको भन्दै यसका विरुद्ध कांग्रेसले सदन र संसदमा खुलेर प्रतिकार गर्ने बातए।

उनले नेकपाका तीन तहका सरकारले अरबौको भ्रष्टाचार गरेको भन्दै जनतालाई त्यसका विरुद्ध लड्न तयार हुन पनि अपिल गरे। राजनीतिक बिचार धाराका आधारमा बिकासका निर्माणका गतिविधिमा भेदभाव गर्ने कार्यको अहिलेको सरकारले सुरुवात गरेको भन्दै यो निकै दुर्भाग्यपुर्न भएको बताए।