Loading... आजः बिहिबार, कार्तिक ४, २०७८
Trending

‘ब्ल्याक व्युटी’माेडल एलिसा शर्मासंग आशुतोषको लफडा, अब के गर्लान् ?

काठमाडौं । कवि तथा गीतकार रामगोपाल आशुतोषको ब्ल्याक व्युटी र्भखरै युट्युवमा रिलिज भएको छ । उनले लेखेका हरेक कविताहरु जसरी चर्चा आँउछन् । ब्ल्याक व्युटी पनि युवा युवतीको रोजाइमा पर्ने निश्चित छ । उनको यो डान्सिङ सङले स्टेज त ताताउने नै छ प्रत्येक युवाहरुको मुखमा झुण्डीने छ । गत जेष्ठमा आशुतोषकै शब्दमा लक्ष्मी पुरी प्रधानको ‘सिट्टी बजाउँछन्’ले तहल्का नै पिटेको थियो । ब्ल्याक व्युटीमा चर्चित संगीतकार हरि लम्सालले संगीत गरेको गीतमा सुभाष धुनगानाले स्वर दिएका छन् । गीतकाे एरेन्ज उदयराज पौडेलले गरेका हुन् । रोहन नेपालीले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा अलिशा र्शमा, रोहन नेपाली तथा दि क्रेजि क्रियूको आइटम डान्स हेर्न सकिन्छ । मिलन शंकरले खिचेको गीतको भिडियामा नेत्र गुरुङले कैची चलाएका छन् भने रोहन र बाइकस नेपालीले कोरियोग्राफी गरेका छन् ।

भिडियो हेर्न को लागि तल क्लिक गरेर हेर्न सक्नुहुनेछ ।

error: Content is protected !!