Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

नेपाल र भारतका बिचमा देखिएका समस्यालाई कुटनैतिक तवरबाट समाधान गर्नुपर्छ: सहमहामन्त्री महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डाक्टर प्रकाशशरण महतले नेपाल र भारतको बिचमा धेरै तहका सम्बन्ध भएको बताएका छन। काठमाडौंको होटल सोल्टिमा आयोजना गरिएको भारतीय राजदुत मन्जिव सिङ पुरीको बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले धेरै तहका सम्बन्ध भएको मुलुक सँग केही समस्या देखिनु स्वभावीक भएको भन्दै देखिएका ती समस्यालाई कुटनैतिक तवरबाट समाधान गर्न सक्नु अहिलेको आवस्यकता रहेको पनि जिकिर गरे। सहमहामन्त्री महतले नेपाल सरकारलाई संकेत गर्दै सरकार कुटनैतिक क्षेत्रमा कम्जोर साबित भएको बताए। कांग्रेस सहमहामन्त्री महतले राजदुत पुरीले नेपाल र भारतको सम्बन्धलाई समधुर बनाउ खेलेको भुमिका प्रसंसा समेत गरे। कार्यक्रममा भारतीय राजदुत मन्जिव सिङ पुरीले नेपाल र भारत बिचको सम्बन्धलाई अझै प्रगाढ र सुधार बनाउन पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।