Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

सागका पदकधारी तेक्वान्दो खेलाडी सम्मानित


काठमाडौं । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदकधारी तेक्वान्दो खेलाडी नगदसहित सम्मानित भएका छन् ।

सागमा पदक विजेता खेलाडीलाई शनिबार नेपाल तेक्वान्दो संघले नगदसहित सम्मान गरेको हो । संघले संघका उपाध्यक्ष तथा सुमेर ग्रुपका अध्यक्ष भरत महर्जनबाट प्राप्त नगद खेलाडीलाई प्रदान गरेको हो ।


यो पनि:सागमा स्वर्ण विजयी खेलाडीलाई राष्ट्रपति भण्डारीको बधाई


सागमा तेक्वान्दोबाट नेपालले १२ स्वर्ण, ६ रजत र ११ कास्य गरि कुल २९ पदक जितेको थियो ।

संघले स्वर्ण विजेतालाई ५० हजार, रजतलाई २५ हजार र कास्य पदक विजेतालाई १५ हजार रुपैयाँबाट सम्मान गरिएको हो । त्यस्तै युगलमा स्वर्ण जित्नेलाई २५ हजार र टिममा स्वर्ण जित्पनेलाई २० हजारबाट पुरस्कृत गरिएको छ । त्यस्तै प्रशिक्षक र टिम व्यवस्थापकलाई पनि समान १५/१५ हजारबाट सम्मानित गरिएको छ ।

खेलाडीलाई संघका अध्यक्ष प्रकाश शम्सेर राणा, महासचिव दीपकराज गुरुङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सना लगायतले खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।