Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

धनुषा बमबिष्फोट: छानबिनका लागि ७ सदस्य समिति गठन, तीन पक्राउ

धनुषा । धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोटमा तीन जनाको मृत्यु भएपछि घटनाको छानबिन गर्न प्रहरीले छानबिन समिती गठन गरेको छ।


यो पनि:धनुषा बम विष्फोट : प्रहरी इन्स्पेक्टर दाहालको पनि मृत्यु


जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको संयोजकत्वमा ७ सदस्यीय छानबीन समिति बनाएको हो। साथै उक्त समितिले घटनामा संलग्न रहेको आशंकामा दुई महिलासहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

पक्राउ पर्नेमा हंशपुर नगरपालिका–२ की सीतादेवी महरा, सोही ठाउँकी ललितादेवी महरा र मिथिला विहारी नगरपालिका –१ का रामसोभित धानुक छन्। बम विस्फोटमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहाल, क्षीरेश्वरनाथ(५ का रामेश्वर साह र उनका छोरा आनन्द साहको मृत्यु भएको छ। मृतक रामेश्वरको आँगनको गेटमा राखिएको बम शुक्रबार मध्यरातमा विस्फोट भएको थियो। यस्तै अन्य ४ जना घाइते भएका छन् ।