Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

नेकमा एकदिने सैनिक कार्यशाला गोष्ठी

भक्तपुर । नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा एकदिने कार्यशाला गोष्ठी सोमबार सम्पन्न भएको छ । १९ जनाको नेपाली सेनाको टोलीसहितको गोेष्ठी सकिएको हो । नेपाल सरकार रक्षा मन्त्रालय नेपाली सेना इन्जिनियरिंग तालिम शिक्षालय गौचर व्यारेकका सेनासहितको कार्यशाला गोष्ठी भएको हो । गोष्ठीमा कलेजका सहायक प्रिन्सिपल दीपक धामी, एकेडेमिक कोअर्डिटेटर मोहनध्वज केसीलगायतले उनीहरुलाई सडक यातायात, हाइड्रोपावलरलगायतका विषयमा जानकारी दिएका थिए । सेनाको शिक्षालयमा सञ्चालन भइरहेका सि सं ९ इन्जिनियरिंग युवक अधिकृत तालिमका अधिकृत विद्यार्थीहरुलाई सडक यातायात, हाइड्रोपावलरलगायतका विषयमा जानकारी गराउन त्यहाँं शैक्षिक भ्रमण लगिएको थियो । गोष्ठीमा पुगेका सेनाका अधिकृतहरुले कलेजको विविध पक्षबारे ज्ञान दिइएको थियो । प्रत्येक वर्ष तालिम लिइरहेका सेनाका अधिकृतहरुलाई कलेजको भ्रमण गराई यसकारी जानकारी दिने गर्दै आएको कलेजले जनाएको छ ।