Loading... आजः बिहिबार, जेष्ठ ३, २०८१
Trending

समाजका सल्लाहकार ढकाल लाई सम्मान सहित भब्य बिधाई

दक्षिण कोरिया- सुर्खेत समाज,दक्षिण कोरियाका निर्वतमान कार्यसमितिका सह सचिव तथा वर्तमान कार्यसमितिका सल्लाहकार दुर्गा प्रसाद ढकालज्युलाई सुर्खेत समाज,दक्षिण कोरियाले एक कार्यक्रमको बीच कोरियाबाट सम्मान सहित बिदाई गरेको छ।

अध्यक्ष लोकेस खत्रीको सभापतित्वमा र सचीव बखत थापाको संचालनमा सम्पन्न उक्त सम्मान सहित बिदाई कार्यक्रममा सुर्खेत समाजका सल्लाहकार तथा प्रमुख अतिथि आशाराम ढुंगाना,सल्लाहकार तथा विशिष्ट अतिथि लक्ष्मी नारायण बस्नेत, सल्लाहकार तथाअतिथि आयुश चेपाङ्गी ,सल्लाहकार तथा पूर्व अध्यक्ष बिकास मल्ल,सल्लाहकार तथा पुर्व अध्य्क्ष केशव तिवारी साथै कार्यसमितिका पदाधिकारी ज्यूहरू लगाएतको उपस्थितिमा सबैले सुर्खेत समाजको तर्फबाट उपहार सहिद दोसल्ला ओढाइ सुर्खेत समाज प्रती उहाले गरेको योगदानको उच्चतम कदर गर्दै समाजका अध्यक्ष श्री लोकेश खत्री ज्यु द्रारा सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा मन्तब्यका क्रममा ढकालले भावुक हुँदै कोरिया बसाइको अबधी भर साथ र सहयोग प्रदान गर्ने सबैमा धन्यबाद ज्ञापन गर्दै काेरियामा सुर्खेती, दाजु भाई तथा दिदी बैनी कसैलाई दु:ख प्रदा एक आपासमा हातेमालाे गरि सुर्खेतको शिर उच्चहुने गरि मिलेर अगाडि बढ्न अाग्रह गर्नुभयाे।

सुर्खेत समाजको लागि आवश्यक सबै सक्दो सहयोग उपलब्ध गर्न निरन्तर क्रियासिल रहने बताउनु भयाे। सुर्खेत समाजका अध्यक्ष श्री लाेकेश खत्री ज्यु ले सम्मान सहित बिदाई कार्यक्रममा उपस्थित सम्पूर्ण मा धन्यवाद दिदै आगामी दिनमा यसरीनै सस्थालाई साथ सपाेट गर्दिनु हुन आग्रह गर्नु भयो।