Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

भक्तपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

काठमाडौं । भक्तपुरमा बसको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा काभ्रेको डाँडाबारीका विकास तामाङ रहेका छन् भने सूर्य विनायक नगरपालिका-७ गुण्डुका १८ वर्षीय विशाल तामाङ घाइते भएका छन् ।

व्यासीतर्फ आउँदै गरेको बा४ख ६०७ नम्बरको बसले भक्तपुर नगरपालिका १० कमलबिनायमा मंगलबार राति ठक्कर उनीहरुलाई ठक्कर दिएको थियो ।

स्टार बैंकेट अगाडि पार्किङमा राखेको बा७०प ६१९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिए लगत्तै बसले र पैदल यात्रु तामाङलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते तामाङको उपचारका क्रममा मध्यपुर ठिमी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते विशालको भने सामान्य अवस्थामा उपचार भइहरको छ ।

बसका चालक भक्तपुर नगरपालिका-१० कमलबिनायकका ४० वर्षीय बलराम ज्याखोलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । उनले मदिरा सेवन गरेको पाइएको प्रहरीको भनाइ छ ।

Source: Online Khabar