Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश घोषित

काठमाडौं । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ । सोमबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको घोषणा गरेका हुन् ।

सरकारले सन् २०११ सालबाट हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न सुरु गरेको थियो । सोही अभियान अन्तरगत सबैभन्दा पहिला कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।

घोषणाअघि खानेपानी मन्त्रालयका सचिव माधव बेलबासेले आधारभूत सरसफाइमा शतप्रतिशत सफलता हासिल भएको उल्लेख गर्दै अब पूर्ण सरसफाइमार्फत स्वच्छ र स्वस्थ्य नेपाल निर्माण गरिने बताए ।