Loading... आजः बिहिबार, माघ ८, २०७७
Trending

सुर्खेत समाजको कार्यसमिति बिस्तार सलनालमा सांस्कृतिक कार्यक्रम गरिने

दक्षिण कोरिया – सुर्खेत समाजले पहिलो बैठकद्वारा कार्यसमिति बिस्तार गरेको छ । जस्मा सातै अधिबेशन बाट लोकेश खत्रीको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको थियो।

जसको वरिष्ठ उपाध्यक्षमा पुस्कर बुढाथोकी, उपाध्यक्षमा कृष्ण पौडेल, महासचिवमा रमेश कुमार आचार्य, सचिवमा बखत थापा र कोषाध्यक्षमा प्रेम देवकोटा रहेका थिए। यसैगरि सदस्यहरूमा , अशोक बिसी, पिआर खनाल र नविन कुमार बटाला चयन भएका थिए भने पहिलो बैठकले ९ सदस्यीय बाट १३ सदस्यीय कार्यसमिति बनाएको छ ।

जस्मा महिला उपाध्यक्षमा सीता शर्मा सह सचिव शिव पौडेल सह कोषाध्यक्ष राजन बुढा र सदस्य मा बिनु अधिकारी लाई चयन गरिएको छ।

समितिको कार्यविभाजन सगै सञ्चार संयोजकमा लालित पौडेल उज्यालो समाचार डट कम र हिमाली टाइम्स बाट दिपेन्द्र हमाल लाई नियुक्ति गरिएको छ ।

साथै सल्लाहकारमा लक्ष्मी नारायण बस्नेत , तुलश गुरुङ , बिकाश मल्ल, आशाराम ढुंगाना , दुर्ग प्रसाद ढकाल , सर्जन रावत ,आयुश बस्नेत , ललित थापा, बिरेन्द्र बि सि ,कुल प्रसाद अधिकारी, नेत्र चौधरी र महेश महतरा लाई चयन गरेको छ।

कार्यक्रममा बोल्दै सस्थाका अध्यक्ष लोकेश खत्रीले नेपालीको माहान चाढ दशैको शुभकामना सहिद आगामी कोरिएन चाढ सलनालमा सुर्खेत समाजले सास्कृतिक कार्यक्रम गर्ने निर्णय पनि गरेको जानकारी दिनु भएको छ।

error: Content is protected !!