Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

जामका कारण बिरामीको बाटोमै मृत्यु

काठमाडौं । उपचारका लागि काठमाडौं ल्याइँदै गरिएका एक बिरामीको त्रिभुवन राजपथको जाममा फसेर मृत्यु भएको छ ।  मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल साह रहेका छन् ।

मिर्गौला रोगी साहलाई रौतहटबाट काठमाडौं आउँदै गरेको ना ७ ख ५३६४ नंको बसमा राखेर उपचारका लागि काठमाडौं ल्याइँदै थियो । उनको थाक्रे गाउँपालिका–२, हुलाकडाँडास्थित राजमार्गमा बसभित्र मृत्यु भएको महादेवबेँसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठले जानकारी दिए ।

अनलाइनखबर