Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

राधे राधे युवा समूह द्वारा आयोजित बृहत सांस्कृतिक तथा सांगीतिक कार्यक्रम सम्पन्न

भक्तपुर । संविधान दिवसको अबसर पारी २०७६/०६/०३ गतेका दिन राधे राधे युवा समूह द्वारा सांस्कृतिक तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्तरको कला र गलालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सन्चालन गरिएको आयोजक समुहले जानकारी दिएको छ । खुल्ला गयान तथा नृत्य बिधामा प्रतिस्पर्धी संख्या ३० भन्दा बढी उपस्थित थिए । भक्तपुरको राधे राधे स्थित संगम कोलोनिमा आयोजित कार्यक्रममा दर्शकको उल्लेखनीय उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता सामाजिक अभियानता श्री यम खड्का ज्यू ले गर्नु भएको थियो भने,कार्यक्रम सन्चालन गायक तथा संचारकर्मि श्री मनोज पाठक ‘सानु’ले गर्नु भएको थियो। साथै प्रमुख अतिथिका रुपमा मध्यपुर ठिमी नगरपालिकाका उप-प्रमुख अन्जना देवि मधिकर्मीले गर्नु भएको थियो।निर्णायकको भुमिका गायन तर्फ वरिष्ठ गायक कुमार पौडेल ज्यू र वरिष्ठ गायिका आशा लामा ज्यूले गर्नु भएको थियो,भने नृत्य तर्फ दीपक बज्राचार्य र बाल मुकुन्द प्रजापति रहनु भएको थियो। उक्त कार्यक्रममा गायन तर्फ क्रमश एलिशा पोखरेल,मेनुका कार्की,राजेश धामी र मन्दिरा खड्का प्रथम,द्वितीय,तृतीय र सान्त्वना पुरस्कर प्राप्त गर्न सफल हुनु भएको थियो। साथै नृत्य तर्फ क्रमश सिम्रन कार्की र मनिशा बराल, सुजिना कार्की र पृती बुढाथोकी , सुजिना कार्की र पार्बती पान्डे प्रथम,द्वितीय,तृतीय र सान्त्वना पुरस्कार प्राप्त गर्नु भएको थियो।