Loading... आजः शुक्रबार, मंसिर १७, २०७८
Trending

सज्जन धामी र सोनिया डि तिजको गित सार्वजनिक (भिडियो सहित)

काठमाडौं।  नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकिदैँ गर्दा लोकप्रिय गायक सज्जन धामी र गायिका सोनिया डि सिको स्वरमा सजिएको मौलिक तिज गीत ‘टल्कियो सितारा ‘ गीत सार्वजनिक भएको छ ।
सिमा चन्दको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतमा नारीहरुको महान पर्व हरितालिका तिजको महिमालाई प्रस्तुत गरिएको छ । आफनी आफनी मायालुलाई सितारा भएको सारीमा सजिदा संसारकै सुन्दर नारी देखीएको कुरा गायकले गीतमा भनेका छन ।
विरेन्द्र परियारको छायाँकन , राजेश कुमारको सम्पादन तथा दिनेश ठकुल्लाको निर्देशनमा भिडियोमा रहेको छ । ‘टल्कियो सितारा ‘ गीतको भिडियोमा प्रिती र महेशको नृत्य रहेको छ ।
उनको उक्त तिजकोगीत भिडियो सज्जन धामि युबटुब च्यानलमा अपलोड भएको छ।

बिशाल बिश्वोकर्मा ।

error: Content is protected !!