Loading... आजः शुक्रबार, मंसिर १७, २०७८
Trending

काभ्रेमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–३ मा पहिलो घर पुर्दा दुई जनाको मृत्यु भएको छ । अर्का दुई जना घाइते भएका छन् ।

लगातारको वर्षापछि आएको पहिरोले रामप्रसाद दंगालको घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा परेर रामप्रसादकी श्रीमती ५५ वर्षीया गोमा र नातिनी ७ वर्षीया सोहनीको मृत्यु भएको छ ।

बुहारी सुशीला र अर्की नातिनी अनुस्कालाई उद्दार गरिएको छ र दुबैको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको एसपी जयराज सापकोटाले जानकारी दिए ।

अनलाइनखबर

 

error: Content is protected !!