Loading... आजः मङ्लबार, साउन १९, २०७८
Trending

चर्चित गायिका विध्याको घाममा सुकाईदेउ पछि “झुम्का बजारमा”

काठमाडौ । द भ्वाईस अफ नेपालमा आफ्नो आवाजबाट तहल्का पिट्न सफल गायिका विद्या तिवारीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सुमन केसी र विद्याको आवाज रहेको ‘झुम्का’ बोलको गीतको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

यस अघि पिच रोड तथा घाममा सुकाईदेउ जस्ता चर्चित गीत गाएकी विद्याको यस गीतको म्युजिक भिडियोमा चर्चित नायक पुष्प खड्का र मोडल अलिशा शर्माले अभिनय गरेका छन् ।

गीतमा अम्बिका गुरुङको शब्द र बसन्त सापकोटाको संगित रहेको छ । उदयराज पौडेलले एरेञ्ज गरेको गीतलाई श्यामश्वेत रसाईलीले मिक्स गरेका हुन् । गीतको म्युजिक भिडियोलाई सान थापाले निर्देशन गरेका हुन् । मनोज पौडेलको छायाँकन रहेको भिडियोलाई राजिव समरले कोरियोग्राफ गरेका हुन् ।

error: Content is protected !!