Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

संयुक्त विद्यार्थी संगठनको आन्दोलन सर्यो, बैशाख १३ गते गर्ने भनिएको आन्दोलन १७ गते हुने

११ वैशाख, काठमाडौं । प्रतिपक्ष दलका विद्यार्थी संगठनहरुले सरकार विरुद्ध घोषणा गरेको बैशाख १३ गतेको आन्दोलनलाई स्थगित गरेर १७ गते गर्ने भएका छन। आज बिहान रिपोर्टस्क्लवमा पत्रकार सम्मेलन गरेर कांग्रेस नेता राम कृष्ण ताम्राकारको निधको शोकका कारण १३ गते गर्ने भनिएको आन्दोलन १७ गतेसम्म सारेको नेपाल विद्यार्थी संघ आर आर क्याम्पस इकाईका सचीव अनुराग शाहले जानकारी दिए। सरकार भ्रष्टाचारमा लिप्त भएको, देशमा अधिनायकवाद ल्याउन उद्द्त भएको, पोखरा युनिभर्सिटीले विद्यार्थीहरुको भबिस्यमाथी खेलवाड गरेको, बालुवाटार जस्ता सरकारी सम्पत्ति ब्यक्ति नाममा हुदा पनि सरकार चुपचाप लागेको भन्दै त्यस्को विरुद्ध आवज उठाउन आफूहरु १७ गते बृहत् शक्ती प्रदशन गर्न लागेको शाहले उल्लेख गरे।