Loading... आजः शुक्रबार, अशोज ८, २०७८
Trending

डडेल्धुरामा बस दुर्घटना : ५ को मृत्यु, २० भन्दा बढी घाइते

धनगढीबाट बझाङतर्फ गइरहेको ना६ख १८३१ नम्बरको यात्रुबाहक बस डडेल्धुराको साउखर्क नजिक आज बिहान ५:३० बजे दुर्घटना भएको हो ।

बस सडकबाट दुई सय मिटर तल खस्दा हालसम्म पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनामा २० भन्दा बढी  घाइते भएका छन् ।

घाइते मध्ये एक जनाको स्थिति चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनाको कारण क्षमता भन्दा बढी यात्रु भएको प्रारम्भिक जानकारीबाट खुल्न आएको छ । बसमा खाद्य सामग्री र व्यापारिक प्रयोजनका सामग्रीहरु बढी हुनु तथा यात्रु पनि क्षमताभन्दा बढी भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई डडेल्धुरा अस्पतालमा उपचारका लागि पठाइएको छ । उद्धारकार्यमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै स्थानीय सर्वसाधारण खटिएका छन् ।

घाइते कति छन् भन्ने यकिन हुनसकेको छैन ।

रातो पाटी बा्ट

error: Content is protected !!