Loading... आजः बिहिबार, कार्तिक ४, २०७८
Trending

स्वास्थ्य राज्यमन्त्री यादवकाे अस्पतालभित्रै पासाे लगाएकाे अवस्थामा नर्सकाे शव फेला

८ वैशाख, जनकपुर । जनकपुर  संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवद्वारा सञ्चालित जनकपुरस्थित जानकी हेल्थ केयर एन्ड रिसर्च सेन्टरमा एक नर्स पासाे लगाएकाे अवस्थामा मृत फेला परेकी छिन्।

आइतबार राति करिब १ बजेतिर अस्पतालकाेे पहिलाे तल्लामा रहेकाे बाथरूममा साेही अस्पतालमा कार्यरत नर्स महाेत्तरीकाे गाैशला नगरपालिका रामनगर निवासी रक्षा आले पासाे लगाएकाे अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ।

आइतबार बिहान घटनाकाे मुचुल्का उठाई शव पाेष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएकाे र घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरी नायब उपरिक्षक रामेश्वर काफ्लेले जनाए।

नर्सले अस्पतालभित्रै के कारणले पासाे लगाएकाे घटना शंकास्पद रहेकाे भन्दै स्थानीय महिला अधिकारवादी संघसंस्थाहरूले सत्यतथ्य छानबिनकाे माग गरेका छन्। उनीहरूले मन्त्री यादव घटना ढाकछाेप गर्न लागि परेकाे आराेप लगाएका छन्।

यसअघि पनि हस्पिटल पटक-पटक विवादमा पर्दै आएकाे छ।

error: Content is protected !!