Loading... आजः सोमवार, साउन १८, २०७८
Trending

अष्ट्रेलियामा नेपालीको शव भेटियो

२० चैत, सिड्नी ।  सिड्नीको नेसनल पार्कमा एउटा शव फेला परेको छ । त्यो लास गत फेब्रुअरीमा चर्चिच फिगर एट पुल ८ आकार पुलमा डुबेर हराईरहेका एक नेपालीको भएको अनुमान गरिएको छ । एकजना पैदलयात्रुले ८ आकारको पुलभन्दा करीब ८०० मिटर दक्षिणमा रहेको चट्टानमा देखेर प्रहरीलाई खबर गरेका थिए । न्यू साउथ वेल्स प्रहरीले सो शव हिजो मध्यान्ह बरामद गरेको छ ।

लासको सनाखत हुन बांकी रहेपनि गत फेब्रुअरीमा पानीको छालले ८ आकार पुलमा खसेका २२ वर्षीय नेपाली युवा भएको अनुमान गरिएको छ ।

error: Content is protected !!