Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

हिमाल आरोहणका लागि १७७ लाई अनुमति, पौने नौ करोड राजस्व संकलन

आँधीपीडित क्षेत्र जाँदै प्रचण्ड, राहत बाँड्ने

पर्यटन विभागका नायव सुब्बा रामेश्वर निरौलाका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणका अनुमति लिएका छन्। सोमबारसम्म सगरमाथा आरोहणका लागि आठ समूहले अनुमति लिइसकेका छन्। उक्त समूहमा एक नेपालीसहित ७३ जना बिदेशी नागरिक रहेका छन्।

सन् २०१८ को यही सिजनमा सगरमाथा आरोहणका लागि ३४ समूह आएका थिए। आठ हजार ५१६ मिटर उचाइको तोत्से हिमाल आरोहणका लागि दुई समूहका ११ जना जना र नुप्त्से र आमादब्बलम हिमाल आरोहणका लागि १/१ समूहका २० जनाले अनुमति पाएको पर्यटन विभागले जनाएको छ।

विभागका अनुसार सोमबारसम्म सात हजार ८६१ मिटर उचाइको नुप्त्से हिमाल आरोहणका लागि १२ जना र ६ हजार ८१४ मिटर उचाइको आमादब्लम हिमाल आरोहणका लागि आठ जनाले अनुमति लिएका छन्।

पौने नौ करोडभन्दा बढी राजस्व

सरकारले विभिन्न हिमाल अरोहणका लागि अनुमित लिएका आरोहीबाट नौ करोड ८४ लाख २६ हजार ८२७ रुपैयाँ राजश्व संकलन गरेको छ। विभिन्न १२ वटा हिमाल आरोहणका लागि अनुमित लिएका २३ समूहका १७७ जनाबाट उक्त राजस्व संकलन भएको हो।