Loading... आजः शनिबार, साउन १६, २०७८
Trending

घाइते र कुरुवाका लागि नारायणी अस्पतालमा निःशुल्क खाना

हावाहुरीका कारण घाइते भएकाहरुको अहिले बारा र पर्साका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

हावाहुरीले घरबार सबै उडाएको छ । यस्तो अवस्थामा घाइते तथा घाइतेका परिवारका सदस्यलाई खाना व्यवस्थापन गरिएको छ । नारायणी अस्पतालमा उपचाररत घाइतेहरुको लागि स्थानीय सद्भाव समिति, सानो पाइला, र वीरगञ्ज युवा समाज, लायन्स क्लबलगायत अरु विभिन्न संस्था र व्यक्तिगत सहयोगमा अस्पताल परिसरमै खाना पकाउने र ख्वाउने क्रम चलिरहेको वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाइँले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

अहिलेसम्म बिरामी र कुरुवा गरी ५ सयभन्दा बढीलाई खाना खुवाइएको उहाँले बताउनुभयो ।

उहाँले विपदको घडीमा स्थानीय राजनीतिक दल, संघसंस्था एकजुट भएर सहयोगमा जुटेको पनि बताउनुभयो ।

error: Content is protected !!