Loading... आजः शुक्रबार, जेष्ठ ४, २०८१
Trending

हवाई निरीक्षणपछि प्रधानमन्त्रीद्वारा अस्पताल पुगेर घाइतेसँग भेट

१८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बारा र पर्सामा आएको हावाहुरी प्रभावित क्षेत्रको सोमबार हेलिकोप्टरबाट अवलोकन गरेका छन् । घटनास्थल अवलोकनको लागि झापाबाट बारा पुगेका प्रधानमन्त्रीले सोमबार दिउँसो हावाहुरीबाट बढी प्रभावित फेटा गाउँको हेलिकोप्टरबाट निरीक्षण गरेका हुन् ।

प्रधानमन्त्रीसँगै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि घटनास्थल पुगेका छन् । प्रभावित क्षेत्रको हवाई निरीक्षणपछि प्रधानमन्त्रीले जिल्ला अस्पताल कलैया पुगेर घाइतेहरुलाई समेत भेटेका छन् । भेटका क्रममा प्रधानमन्त्रीले घाइतेको स्वास्थ्य उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने बताएका छन् ।

कलैयामा प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र तीनवटै सुरक्षा निकायका प्रमुख सहभागी थिए ।